Wednesday October 20, 2021

सहारा युकेको लोगो नया बन्यो

८ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1111


सहारा युकेको लोगो नया बन्यो

शीतलपाटीन्युज डटकम।
लण्डन। खेल,शिक्षा,स्वास्थ्य र अभिभावक बिहीन असहाय बालबालिकाहरूको सेवामा सामाजीक काम गर्दै आयको सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले नयाँ लोगो सार्वजनिक गरेको छ ।

सन २००८ मा स्थापना भएको सहारा युकेको नयाँ लोगोमा विश्वमा चर्चित ‘भर्जिन’ हिमालको परिचित नेपालको माछापुच्छ्रे र विश्वकै चर्चित लण्डन व्रिजलाई लोगोमा प्रतिकको रुपमा समेटिएको छ।

नयाँ लोगो सार्वजनिक गरिएको बारे जानकारी दिंदै सहारा युकेका अध्यक्ष कुमार गुरुङले सहारा युके बेलायतमा स्थापना भएको हुनाले यसलाई त्यही अनुरुप लोगो तयार गरिएको बताउनु भयको हो। उहाले –“पुरानो लोगोमा हिमाल र नमस्कार गरेको प्रतिक चिन्ह थियो, हामीले संस्था युकेमा स्थापित भएको हो भन्ने चिनाउन पनि लोगोमा युकेको कुनै प्रतिक चिन्ह राख्नु थियो। त्यसैले पनि हाम्रो वर्तमान कार्यसमितीले नयाँ लोगो बनाउन प्रस्ताव गरे अनुसार नयाँ लोगो सार्वजनिक गरेका हौं।”

खेलकुद र सामाजिक क्षेत्रमा उल्लेख्नीय योगदान दिंदै आएको सहारा युकेले सहारा कलवले पोखराले सञ्चालन गर्दै आएको पोखरा १७ स्थित सहारा एकेडेमीको स्थापनमा अग्रणी भूमिका खेलेको छ भने हरेक वर्ष पोखरामा हुने आहारारा गोल्डकपमा समेत सहयोग गर्दै आएको छ।

युकेमा आफ्नै फुटबल एकेडेमीको शुरुवात गरेको सहारा युकेले पोखरामा नेपाली अग्रज खेलाडीहरुले सञ्चालन गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथन, बगर भाई खलकले आयोजना गर्ने अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा समेत सहयोग गर्दै आइरहेको छ । यसै गरी पोखरामा रहेको नौलो घुम्ती नेपाल लगायत शैक्षिक संस्थाहरुको सहयोग तथा पुर्ननिर्माणमा समेत सहारा युकेको उल्लेखनिय योगादन दिएको छ ।

अलडरसट युकेमा बेस रहेको सहारा युकेमा स्थापना काल देखि हालसम्म चार जनाले अध्यक्षमा रहेर कुशलता पूर्वक नेतृत्व प्रदान भयको छ। हालसम्म संस्थापक अध्यक्ष नविन गुरुङ सन २००८ देखि २०१४ सम्म, दिलिप कुमार गुरुङ ‘एमविई’ले २०१५–२०१६, मिन बहादुर गुरुङ २०१७–२०१८ सम्म र कुमार गुरुङले २०१९ देखि हाल सम्म अध्यक्ष पद सम्हाल्दै आउनु भएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?