Friday May 20, 2022

ज्ञान,अनुभव र ऊर्जा संस्थागत गरे मात्रै एनआरएन सफल हुने : उपाध्यक्ष उम्मेदवार थर्क सेन

९ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1391


ज्ञान,अनुभव र ऊर्जा संस्थागत गरे मात्रै एनआरएन सफल हुने : उपाध्यक्ष उम्मेदवार थर्क सेन

शीतलपाटीन्युज डटकम।
काठमाडाैं। लामो समयदेखि गैरआवसिय नेपाली संघ एनआरएनएमा सक्रिय रहेका थर्क सेनले २३-२५ अक्टोबर २०२१ मा हुन लागेकाे चुनावमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे सँगै आफ्ना योजना र एजेण्डाबारे पनि गैरआवासीय नेपालीलाई बुझाइरहेका छन्।

पूर्व बेलायती सैनिक थर्क सेनले स्पष्ट योजना, अग्रजको अनुभव,युवाको ऊर्जा,प्रविधिको प्रयोग र कुशल नेतृत्वको अभ्यासले धेरै क्षेत्रमा फड्को मार्न नसकिएको बताएका छन्। ‘मेरो योजना,ज्ञान, अनुभव,ऊर्जा संस्थागत गर्दै एनआरएनएमा लगाएर अगाडी बढाउन चाहान्छु,’ सेनको दृष्टिकोण छ। उच्चतम प्रविधिको प्रयोगले गरेर नेपालका धेरै क्षेत्रमा योगदान गर्न सकिने सेनको भनाई छ। ‘सडक सुरक्षाका क्षेत्रमा अझै धेरै संस्थागत हिसाबले योगदान गर्न सकियो भने सवारी दुर्घटना रोक्न सकिन्छ।


युवा शक्तिलाई धेरैभन्दा धेरै सिर्जनशील काममा सहकार्य गर्न सकियोस र एनआरएनएलाई व्यक्तिगत स्वार्थरहित,राजनीतिमुक्त,सुशासनयुक्त र सबैको साझा थलो बनाउन सकियोस अनी मात्रै एनआरएनए सबल हुन्छ, म त्यसका लागि लडी रहने छु , सेनले स्पष्ट पारेका छन। एनआरएनए युकेको संस्थापक कार्यसमिति सदस्य,कोषाध्यक्ष,उपाध्यक्ष,आइसीसी सदस्य हुँदै हाल एनआरएनए रोड सेप्टी कमिटीको संयोजक र एनआरएनए एकेडेमीको सदस्यसमेत रहेका सेनले संस्थामा देखिइरहेका सबैखाले वेथिति अन्त्य गर्नका लागि साझा एजेण्डा हुनै पर्ने बताएका छन् ।

सबै गैरआवसीय नेपालीको आवाजलाई समेट्दै काम गरेर देखाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको सेनको भनाइ छ। ‘आसन,भाषन,चन्दा र अनेक घोषणा गर्ने तर व्यक्तिगत स्वार्थ र राजनीति गर्दा धेरै विवादहरु निम्तिएका थुप्रै उदाहरण छन्,’ सेनले भनेका छन। ‘ती सबै इतिहासबाट पाठ सिक्दै असल अभ्यास गर्ने प्रयत्न मैले गर्नेछु। म एक्लैले सिंगो संस्था उठाउन सक्छु भन्ने होइन तर सबैको साथ सहयोग र साझा एजेण्डाका लागि सकारात्मक सुरुवात अवश्य गर्ने छु।’कामबाटै पदलाई न्याय गर्न हरदम लाग्ने सेनको भनाइ छ। ‘मेरा लागि एनआरएनए रहर होइन सबल संस्था बनाउने जिम्मेवारी हो,’सेनले भने। ‘साझा समस्याको हल र हक स्थापित गर्न एकतामा म विश्वास गर्छु। स्वच्छ, समृद्ध र मर्यादित एनआरएनए आजको आवश्यकता हो ।’




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?