Wednesday December 01, 2021

पाल्पा उदबुध्द कलेजको अध्यक्षमा नारायण प्रसाद आचार्य

१० आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1114


पाल्पा उदबुध्द  कलेजको अध्यक्षमा नारायण प्रसाद आचार्य

शीतलपाटीन्युज डटकम।

पूर्वखोला,पाल्पा। पूर्वखोला गाउँपालिकाको एक मात्र कलेज उदबुध्द कलेजको कलेज भेलाबाट कलेजको व्यवस्थापन समितिको निर्वाचित भयको छ। कलेज भेलाबाट निबर्तमान अध्यक्ष नरेश चन्द्र ढकालज्युको नेत्रित्वमा रहेको समिति बिघटन गरि नयाँ नेतृत्व चयन भयको छ। बिगत ८ बर्ष देखि विभिन्न समस्याका कारण कलेजले नया नेतृत्व पाउन सकेको थियन। कलेजले आयोजना  गरेको भेलाले नारायण प्रसाद आचार्यको नेतृत्वमा ५ सदस्य टिम निर्वाचित गरियको छ।  निर्वाचनबाट दुई पुरुष र दुई महिला सदस्यमा निर्वाचित भयका छन्। सदस्यहरू ईश्वरीप्रसाद न्यौपाने,खुम बहादुर पाटा,भागिरथि भट्टराई,देवि सरा गाहा निर्वाचित भयका छन्। कलेज भेलाका प्रमुख अतिथि प्रदेश सांसद नारायण प्रसाद अाचार्यले अागामि दिनमा सबैको सहयोगमा कलेजलाई अगाडि बढाउने संगै सबल पक्षहरुको खोजी गर्नुपर्ने कुरामा लाग्नु पर्ने आचार्यले बताउनु भयो। भेला पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा,उपाध्यक्ष भागिरथि भट्टराई समाजसेवि, पूर्वकलेज प्रमुख निलकन्ठ न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो। कार्यक्रम आजीवन सदस्यका जेस्ठ सदस्य ईश्वरी प्रसाद न्यैपानेको अध्यक्षतामा कलेज प्रमुख सुशील न्यैपानेले सन्चालन सम्पन्न गर्नु भयको थियो। बाकी केही सदस्यहरु पछि मनोनित हुने छन। (कन्दरान्युज)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?