Wednesday October 20, 2021

सैनिक शहरमा भीसी कुलविर थापाको स्मारक अनावरण भब्य

१० आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1171


सैनिक शहरमा भीसी कुलविर थापाको स्मारक अनावरण भब्य

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतको अल्डरसटमा निर्माण गरिएको भीसी कुलविर थापाको पुर्णकदको स्मारक बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मणिकुमार राई,कमान्डर इयान केभ सीबी,नेपाली राजदूतावास लण्डनको उपनियोग  प्रमुख रोशन खनाल र भिसी कुलवीर थापाका नाति सूर्य थापाले संयुक्त रुपमा शालिकको अनावरण गर्नु भयको छ। बेलायती सेनाको सबैभन्दा ठुलो सम्मानित पदक भिक्टोरिया क्रस (भिसी) पाउने गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण गरिएको हो।

 


बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मणिकुमार राई, कमान्डर इयान केभ सीबी,नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख रोशन खनाल, भिसी कुलवीर थापाका नाति सूर्य थापा,लेफ्टिनेण्ट जनरल पिटर डफेल, रशमोरका मेयर काउन्सिलर ब्रुस थोमस,ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राई,क्याबिनेट लिडर डेविड क्लिफोर्ड,फेलथामका मेयर बिष्णु बहादुर गुरूङ, काउन्सीलरहरू जीव बेलवासे र प्रवेश केशी, लगायत बेलायती सेनाका उच्चपदस्थ अधिकारीहरु,शालिक निर्माणमा योगदान गरेका सम्पूर्ण व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरु तथा नेपाली र बेलायती विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित रहेको सो कार्यक्रममा मुल प्रबेश गेटमा खादा लगाएर पाहुनाहरूलाई स्वागत गरिएको थियो। मैया डंगोल केसीले अँग्रेजीमा उदघोषण गरेको सो कार्यक्रममा क्या. गेरी घलेले नेपाली अनुवाद गरी उपस्थितहरुलाई भाषाको सहजीकरण गरिएको थियो। बौद्ध परम्परा अनुसार लामाले र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गरेका थिए भने भिसी थापाले भिक्टोरिया क्रस पाउँदा लण्डन गजेटमा मुद्रित व्यहोरा अंग्रेजी र नेपालीमा वाचन गरियको थियो।

 


भिसी थापालगायत दिवंगत गोरखा सैनिकहरुको सम्झनामा दुई मिनेट मौनधारण गरिएको सो कार्यक्रममा शालिक अनावरणपछि विशिष्ट अतिथिहरू तथा अन्य उपस्थित सर्वसाधारणले भिसी थापाको शालिकमा पुष्पगुच्छा चढाएका थिए।
कार्यक्रममा पूर्व गोरखा र बहालबाला गोरखा सैनिकहरु सैनिक पोशाक र मेडलहरुसहित उपस्थित भएका थिए। नेपाली र बेलायती परम्पराअनुसारका दुवै बाजागाजाहरुले विशेष रौनक थपेको सो अनावरण कार्यक्रमको पहिलो चरण सकिएसँगै एम्पायर हलमा दोसो चरणको कार्यक्रम गरी बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो ।

अल्डरसटस्थित प्रिन्सेस पार्कमा १५६ वटा नेपाली संघसंस्था तथा व्यक्तिहरुको आर्थिक सहयोग १ लाख ८५ हजार पाउण्ड अर्थात करिब ३ करोड नेपाली रुपैयाको लागतमा निर्माणकार्य सम्पन्न भएको हो। कांस्यको प्रयोग गरी निर्माण गरिएको उक्त शालिकमा पहिलो विश्व युद्धको क्रममा एक घाइते सैनिकलाई युद्धको मैदानबाट उद्दार गर्दै मानविय कार्य गरे बापत भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो नेपाली भीसी कुलबीर थापा मगर भयकोले उनको सम्मान गर्दै यो स्मारक राखिएको हो। बेलायती सरकारको शैनिक सेवामा यस्तै उत्कृष्ट काम गर्ने १३ जना नेपाली ब्रिटिस सेना १३ जना भीसी पदकले सम्मानित हुनुहुन्छ।

 


बेलायति Scapulter Amy Woodman ले तयार पारेको यो स्मारक नेपालीहरूले बेलायतमा २०७ बर्षसम्म दिएको योगदानको कोशेढुंगा र पहिचान बनेको छ। यो स्मारक निर्माणमा संलग्न रहि सम्पन्न भयको कुरा प्रवक्ता ओम थापा मगरले जानकारी दिनु भयको छ। ह्याम्पशायर आधारित मूर्तिले नेपाल र बेलायतको मित्रवत लामो समयदेखिको सम्बन्धलाई पनि प्रकट गराउने संस्थाले जनाएको छ। रामधान राईको अध्यक्षतामा गठन भएको गोर्खा मेमेरियल प्रोजेक्टको महासचिबमा प्रमिला राई,कोषाध्यक्ष टोप बहादुर पल्ली,प्रोजेक्ट म्यानेजर क्या.गेरी घले, प्रेजेक्टर प्रमुख संयोजक खिम गौचन,प्रवक्ता ओम प्रकाश थापा काउचा,सहसंयोजक शेर सुनार, सह-कोषाध्यक्ष टाम ढेँगा,मेजर रि.मनी कुमार राई DL (Lord Lieutenant of Hampshire) रश्मोर बरोका काउन्सिलर नेम थापा,जर्नल बुक प्रमुख संयोजकमा रिटायर्ड क्या.विष्णु श्रेष्ठ,संयोजक सुनिल राना, भुपू गोर्खा संघ संयोजक एनआरएन बेलातका अध्यक्ष प्रेम गाहा मगर,मिडिया संयोजक ओम थापा काउचा र काउन्सिलर जिब बेलबासे तथा रिटायर्ड क्या. द्वय राजेन्द्र मान गुरुङ,बिर बहादर गाहा(थापा), हेमा राना, मैया डंगोल केसी,बीर बहादुर बलाल सदस्य रहेको कार्यसमिति गठन गरिएको थियो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?