Wednesday December 01, 2021

एनआरएनएलाई बिश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाउदै अध्यक्षमा कुल आचार्य उम्मेदवार

१० आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 2351


एनआरएनएलाई बिश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाउदै अध्यक्षमा कुल आचार्य उम्मेदवार

शीतलपाटीन्युज डटकम।
काठमाडौं। गैरआवासीय नेपाली संघको सल्लाहाकार  एवम पुर्व उपाध्यक्ष कुल आचार्यले २०२१-२३ को १०औ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै भूतपूर्व गोर्खा सैनिकहरुको माग पुरा नहुंदा सम्म आफु लागि रहने बताएका छन्।काठमाडौंमा आज आइतबार आयोजित एउटा उम्मेदवार घोषणा कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै आचार्यले पैत्रिक सम्पतिको अधिकार, राहदानी सहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने बताएका छन।

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या एक सय पुर्याउने घोषणा गरेका छन। हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा मात्र छ। गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनको योजना रहेको छ। थाइल्याण्ड,म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने समेत आचार्यले घोषणा गरे।

पर्वतको धाइरिङमा जन्मेका आचार्य बेलायतका स्थापित व्यवसायी र समाजसेवी पनि हुन्। करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताएका छन्। अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरेका छन।

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउने कार्ययोजना छ। नेपालीहरुको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरेका छन।यस पटक विश्वभर रहेका संघका प्रतिनिधिहरूले अनलाइन माध्यमबाट एकैसाथ भोट गर्नेछन् अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ। 

एनआरएनएका सकृय ६५ मध्ये झन्डै दुइ तिहाई एनसीसीहरुले कुल आचार्य र उनको टिमलाई समर्थन जनाएका छन्। एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी,युकेका अध्यक्ष प्रेम गाहा मगर, अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ तथा कतारका अध्यक्ष मोहम्मद मुक्तादाले शुभकामना दिंदै एनआरएनलाई रुपान्तरण गर्न कुल आचार्य र उनको टिमलाई आफुहरुको पूर्ण समर्थन रहने बताएका छन। त्यस्तै आचार्यले एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेललाई महासचिव पदमा उम्मेदवार बनाएका छन्।

आज भयको उम्मेदवार घोषणा कार्यक्रममा एनआरएनएका संस्थापक महासचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभकामना दिंदै विदेशमा रहेका नेपालीहरुलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिएका छन भने घोषणा सभामा उपाध्यक्ष मन केसी,आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित,ए सी शेर्पा, हरिबोल भण्डारी,सचिव आर के शर्मा,एनसीसी अमेरिकाका सल्लाहकार बेद खरेल,पूर्व कोषाध्यक्ष हिक्मत थापा लगायतले कुल आचार्य सहि उम्मेदवार रहेको बिचार राखेका थिए।

त्यस्तै एनआरएन अभियन्ताहरू जानकी गुरुङ,आरके शर्मा,प्रविण गुरुङ,राज रेग्मी,खगेन्द्र न्यौपाने, नारायण आचार्य,मनोज गोर्खाली,भोमा लिम्बु,हिमाल गुरुङ,भिम केसी कमल,दयानिधि सापकोटा, चिन्तामणि सापकोटा लगायतले कुल आचार्यको टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको समाचार प्राप्त भएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?