Wednesday December 01, 2021

स्कटलैण्डको एवरडेनमा स्वर्गीय धन बहादुर गुरूङको पूर्ण रूपमा नेपालको गुरूङ परम्परा अनुसार गाऊको झल्को आउने गरी अन्तिम दाहसँस्कार

१२ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 3359


स्कटलैण्डको एवरडेनमा  स्वर्गीय  धन बहादुर गुरूङको पूर्ण रूपमा नेपालको गुरूङ परम्परा अनुसार गाऊको झल्को आउने गरी अन्तिम दाहसँस्कार

घनश्याम भण्डारी
एवरडेन, स्कटल्याण्ड।

स्कटलैण्डको एवरडेनमा बस्ने स्वर्गीय रिटायर्ड कपरल धन बहादुर गुरूङको पूर्ण रूपमा नेपालको गुरूङ परम्परा अनुसार गाऊको झल्को आउने गरी अन्तिम दाह सँस्कार पहिलो पटक सम्पन्न भयको समाचार प्राप्त भयको छ।

 


Aberdeen का प्रमुख ले दिए सलुट र श्रदान्जली !!
Retired Cpl. Dhan Bahadur Gurung  1st January 1941 - 31st August 2021 को Khegi Service , Cremation, Scotland Tamu तथा Gurkha society, नेपाली समाजसेवी Min Gurung Scotland बहिनी/ज़्वाई बीर बहादुर गुरुङ/ यम गुरूङ इङलैैण्ड,भाइ नरजंग गुरूङ एवरडेनको  ब्यवस्थापनमा पूरा तमुहरुको रीति रिवाजका साथ अति  पूर्ण संस्कारीक तरिकाबाट 22nd  Wednesday 2021 मा सम्पन्न भयको हो।

 


WM Gilchrist मा Khegi Service बिहान ८ बजे बाट शुरू भई २ बजे समापन भयको थियो । त्येस पछी hazelhead Crematorium East Chapel मा पूर्ण रूपमा नेपालको तमु गाऊँको झल्को आऊने गरी स्वर्गको बाटो खुलाउने बिधीमा एवरडेनबासी नेपाली समुदायको मलामी बाक़्लो उपस्थिति रहेको थियो भने इङल्यान्डबाट आएका ज्वाई भांजाहरुले आआफ़्नो स्थानबाट Ritual Cremation लाई पूर्णता दिएका थिए।

 


Cremation हलको शोक सभामा समाजसेबी मीन गुरूङले स्वर्गीय धन बहादुर गुरुङले परिबार,आफंन्त, समाज,नेपाल र बेलायतको लागी आफ़नो जिम्मेदार पूरा गरी समाजमा मिलने उहाँको पन हामी सबैले याद गरिरहने र अभाब महसुस भईरहेको क़ुरा अबगत गर्दै सबैको तर्फबाट हार्दिक श्रदान्जली गर्दै २ मिनेट मौन धारणा गरीयको थियो।

 


एवरडिनका प्रमुख Lord provost Barney Crockett ले उक्त शोकसभामा गुर्ख़ा आर्मी नेपाल बेलायतको समन्ध र Aberdeen मा स्व धन बहादुर गुरुङलाई यो स्वर्ग पठाईने बिधीमा आफू भाग लीन पाएकोमा आयोजक र परिवारहरूलाई धन्यवाद दिई  धन बहादुर गुरुङलाई सलुट,सम्मान र हार्दिक श्रदान्जली दिनुभयो।

तमु प्ये ल्हु संघले उक्त दहासंस्कार गुरुङहरुको मौलिक संस्कार अनुसार सफल पार्नको लागि तमु प्लेहु संघ युकेको आदरणीय गुरुङ पुहेत (खेगी ) पच्यु र क्लेप्री गुरुहरुले ठुलो भूमिका खेल्नु भएको थियो। खेगी समितिका अधक्ष्य श्री डम्बर गुरूग र मूल खेगी गुरु पी पी सि श्री यारजंग गुरुङले नेतृत्व गर्नु भएको उक्त दाहासंस्कारले गुरुगहरुको  मात्र नभई सारा नेपाली मौलिकता पनि ठुलो टेवा पुर्याएको छ। उक्त शोक सभामा आफूहरुले सक्दो कार्य गरी स्व धन बहादुरको आत्मा आफ़ना पुर्खाहरुसँग स्वर्गमा मिलाउने काम पूर्ण भएको र परिवारमा धैर्य गर्ने शक्ति यो सबैको उपस्थितिले झन बड़ाएकोले सबैलाई धन्यबाद दिनुभयो। त्यसपछी बिधी पूर्वक कफिनलाई क्रिमेटोरियममा लगिएको थियो।

सबै मलामी जनहरुलाई बाहिर धुपले चोखो बनाइए पछी St Clement हल एवरडेनमा खानपिनको लागी ब्यब्स्था गरीएको थियो। उक्त हलमा सबैलाई मीन गुरूङ, भाई नरजंग गुरूङ एवम सपरिवार र टीमले सबैलाई धन्यबाद आदान प्रदान गर्नुभएको थियो। छोरा उदयकुमार गुरूङ र छोरी मीस युरीका गुरूङले सबै आफंत, Aberdeen Lord Provost र सबैले दिएको यो सेवा सत्कार हाम्रो परिवारले सदा सम्झिने क़ुरा अवगत गराउनु भएको थियो।

स्व धन बहादुरको बहिनी र ज्वाई बिर बहादुर गुरुङ / मिसेस यम गुरुङ,ज्वाईहरु सुरेश गुरुङ , प्रेम गुरूङ,जीत गुरूङ,मामली तर्फबाट प्रशान्त गुरूङ र सपरिवार,भाई नरजंग गुरूङ, सपरिवार र आफंतहरुले संस्कार अनुसारको काममा सहयोग गर्ने सबैलाई धन्यबाद आदानप्रदान गर्नु भएको थियो। फ़ोटोग्राफर कुमार थापा र सबै नजिककाले फ़ेसबुक लाईभ प्रसारण गरी दिई उपस्थित हुन नसक्ने आफंतहरुले बिभिन्न ठाऊबाट हेर्न सक्ने बाताबरण बनाई दिएकोमा  धन्यबाद दिईको थियो भने गुरूङ  समाजमा नजिक नभयका नेपालीहरुले यो संस्कारमा पहिलो पटक प्रत्यक्ष सहभागी भई हेर्दा संस्कार बिज्ञानमा जोड़िएको र यस्तो संस्कार देश बिदेशमा सदाको लागी जोगाउनुको महत्वको बारेमा आदान प्रदान भयको थियो।

स्व धनबहादुरका परिवार Mrs Laxmi Gurung , Son Uday Kumar, Dhruba Gurung, छोरी Miss Urika Gurung , बुहारीहरु यम र सुमित्रा गुरूङ, नातिनि अन्जुम र रिजुप्रियाहरु छन ।

अहिले तमु प्लेहु संघको निर्देशन अनुसार ९ दिने काजक्रिया शुरू भई सकेको र सबै परिपाटी मिलाई नेपाल पोखरा रीठेपानीमा अर्घों गर्नको लागी परिवार र आफंतले समय अनुसार गर्नुपर्ने कुनै पनी संस्कारमा कमी नहूने क़ुरा परिबार जनहरुले तयारी गर्न लागेको अबस्था छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?