Sunday November 27, 2022

वेलायतमा व्यावसायिक उत्पादन भयको "कोदोको रक्सी", नेपालमा कहिले?

१२ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1885


वेलायतमा व्यावसायिक उत्पादन भयको "कोदोको रक्सी", नेपालमा कहिले?

 

शीतलपाटीन्युज डटकम।
लण्डन। जनजातिहरूले परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सीको बेलायतमा ब्राण्डिङ गरिएको छ। विशेषगरी राई,गुरुङ,लिम्बु,मगर, तामाङ,शेर्पा लगायत जनजातीहरू माझ कोदोको रक्सी निकै लोकप्रिय रहेको छ।

 


 यही लोकप्रिय कोदोको रक्सीलाई बेलायतका नेपालीहरूले स्थापना गरेको कम्पनी कोदो लिमिटेडले प्रिमियम ग्राहकहरूको लागि ब्राण्डिङ गरेको हो। कम्पनीले ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गर्ने गरेको छ।

‘कुनै समय सीएनएन ट्राभलले जारी गरेको विश्वका ५० स्वादिला पेय पदार्थहरूको सूचीमा कोदोको रक्सी पनि परेको थियो। यो रक्सी भिन्न स्वादको छ र यसले पिउने मान्छेलाई सहज र न्यानो महशुस गराउँछ,’कम्पनीले उल्लेख गरेको छ। कम्पनीले ‘प्योर कोदोको रक्सी’ प्रतिबोतले २६ यूरो (करिब ३, ५८६ रुपैयाँ) र ‘तीनपाने कोदोको रक्सी’को १३ यूरो (करिब १७९२ रुपैयाँ) तोकेको छ।

यसअघि पनि नेपालका नेवारहरूको लोकप्रिय पेय पदार्थ ‘छ्याङ’ कोरियामा ब्राण्डिङ भइसकेको छ भने पूर्व राजा विरेन्द्रको नामबाट छोटो समयको लागि स्वीट्जरल्याण्डमा ‘विरेन्द्र’ नाम गरेको वियर पनि ब्रण्डिङ गरिएको थियो। उक्त वियरमा पूर्व राजाको तस्वीर पनि राखिएको थियो।

‘प्योर कोदोको रक्सी’ नाम दिइएको यो रक्सी कोदोको लिमीटेट गरेको कम्पनीले उत्पादन गरेको हो भने यो रक्सी बेलायतको ब्रेन्टिङबीइ डिस्टिलरीमा ब्रु गरिएको छ। यो डिस्टिलरी बेलायतको मेल्टन मोउब्रे नाम गरेको सानो ‘टाउन’मा रहेको छ। ‘हाम्रो जन्मभूमि प्रतिको अगाध आकर्षण र यादले हामीलाई यो रक्सी उत्पादन गर्न प्रेरणा दिएको हो,’कम्पनीले उल्लेख गरेको छ।

कोदोको रक्सी नेपालका जनजातीहरू माझ निकै लोकप्रिय रहेको छ भने यो मूल रूपमा हिमाली भेगमा पिउने गरिएको छ। यो रक्सी जनजातीहरूको धार्मिकदेखि सामाजिक कार्यहरूको अभिन्न अंग रहँदै आएको छ। यो रक्सी प्रिमियम ग्राहकहरू लक्षित गरेर बनाइएको कम्पनीले जनाएको छ। कोदो नेपालको चौथो प्रमुख बाली हो। यो बाली अक्टुबर र नोभेम्बर महिनामा भित्र्याइन्छ।
(लण्डन नेपाल न्युज)
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?