Wednesday December 01, 2021

देशको वर्तमान प्रसङ्गमा नेपाल आमाको पुकार स्वरूप एउटा गीत

१३ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1406


देशको वर्तमान प्रसङ्गमा नेपाल आमाको पुकार स्वरूप एउटा गीत

देशको वर्तमान प्रसङ्गमा नेपाल आमाको पुकार स्वरूप एउटा गीत

सुरेशजङ्ग शाह
संस्थापक तथा निवर्तमान अध्यक्ष
नेपाली साहित्य विकास परिषद,यूके
स्थापित 1995 (विसं २०५१),लन्डन
प्रधान सम्पादक- लाली गुराँस साहित्यक पत्रिका यूके

गीत
ओ... माझी दाइ... डुङ्गा तारि देऊ
बग्न लाग्यो जीवन यसै लौ न पारि लेऊ !
ओ... माझी दाइ... डुङ्गा तारि देऊ
नेपाल आमा पुकार्दै छिन् लौ न सुनी देऊ !
ओ... माझी दाइ... डुङ्गा तारि देऊ

सागरको लहर पनि यतै चल्न थाल्यो
फुल्दाफुल्दै जोवन पनि यसै ढल्न थाल्यो
हुरिबतास निकै चल्यो लौ न पारि लेऊ
नेपाल आमा पुकार्दै छिन् लौ न सुनी देऊ !
ओ... माझी दाइ... डुङ्गा तारि देऊ !

कालो छाया बादलुको यतै ढल्न थाल्यो
आँधी तुफान एकै चोटी सँगै चल्न थाल्यो
गड्याङ् गुडुङ् निकै चल्यो लौ न पारि लेऊ
नेपाल आमा पुकार्दै छिन् लौ न सुनी देऊ !
ओ... माझी दाइ ... डुङ्गा तारि देऊ !
           -०-sjshah
          26/09/2021 London




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?