Wednesday December 01, 2021

निवर्तमान अध्यक्ष गुरूङलाई एनआरएनए युकेको बरबुझारथ गरिदिन अध्यक्ष गाहा मगरको अनुरोध

१४ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 2182


निवर्तमान अध्यक्ष गुरूङलाई एनआरएनए युकेको बरबुझारथ गरिदिन अध्यक्ष गाहा मगरको अनुरोध

शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निवर्तमान कार्यसमितीलाई एनआरएन युकेका सम्पुर्ण हरहिसाब खाताहरू तत्काल बुझबुझारथ गरेर नयाँ कार्यसमितिलाई सहज बनाईदिन अध्यक्ष प्रेम गाहामगरले हिजो एक प्रेष मीट गर्दै सार्वजनिक रुपमा पोलाईट अपिल गरेका छन ।

आफ्नो नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई दुई महिनासम्म ह्याण्डओभर नगरेपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक अपिल गरेका हुन। बुधबार साँझ एनआरएनए युकेको तर्फबाट गरिएको भर्चुअल पत्रकार सम्मेलनमा अध्यक्ष गाहामगरले पटक पटक ह्याण्डओभरका लागि पुर्व अध्यक्ष पुनम गुरुङलाई पत्र लेखी अनुरोध गरिएको जानकारी गराउठनु भयको हो । निवर्तमान अध्यक्ष पुनम गुरूङलाई  सहज तरिकाले ह्याण्डओभर गरि दिन अनुरोध गरेको कुरा अध्यक्ष गाहामगरले पत्रकार सम्मेलनमा बताएका थिए।

एनआरएनए युके कार्यसमितिको बैठकको निर्णय अनुसार २० अगष्टदेखि निवर्तमान अध्यक्ष पुनम गुरुङ,पुर्व महासचिव र कोषाध्यक्ष तेजेन्द्र रोकालाई सामुहिक रूपमा पत्र लेखी पत्राचार गरिरहेको कुरा अध्यक्ष गाहा मगरले देखाएका थिए। जवाफमा गुरुङले ह्याण्डओभरका लागि तयार रहेको जनाउ दिएपनि २० देखि २६ सम्म ह्याण्डओभरको समय मिलाउन अनुरोध गरे पनि प्रतिउत्तर नआएको अध्यक्ष गाहामगरले पत्रकार सम्मेलन मार्फत बेलायतस्थित नेपाली समुदायलाई जानकारी गराए।
उपाध्यक्ष नारायण कंडेलले सहज रुपमा ह्याण्डओभर र टेकओभरका लागि सहयोग गर्न पुर्व कार्यसमितिलाई आग्रह गरे। एनआरएनए प्रवक्ता भरतमणि चोङवाङले बुझबुझारथका बारेमा संस्थाले तयार गरेको विज्ञप्ती बाचन गरेका थिए।

पत्रकार र एन आर एन युके कार्यसमितिका पदाधिकारीहरु सम्मिलित पत्रकार सम्मेलनको संचालन महासचिव खुशि लिम्बुले गरेका थिए। उक्त पत्रकार सम्मेलनमा बेलायतमा पत्रकारीता गर्ने बरिष्ठ पत्रकार भगीरथ योगी लगायतको उपस्थित थियो।

विज्ञप्ती




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?