Wednesday December 01, 2021

तमु धि लण्डन इकाईले १४ औ बार्षिकोत्सवमा "ऊच्च शिक्षा हाम्रो लक्ष्य" भन्ने स्लोगनलाई मनन गरि नेपालमा रहेको एक कल्याणकारी संस्था "तमु प्रतिष्ठान नेपाल" लाई आर्थिक सहयोग।

१६ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 3550


तमु धि लण्डन इकाईले  १४ औ बार्षिकोत्सवमा "ऊच्च शिक्षा हाम्रो लक्ष्य" भन्ने स्लोगनलाई मनन गरि नेपालमा रहेको एक कल्याणकारी संस्था "तमु प्रतिष्ठान नेपाल" लाई आर्थिक सहयोग।

शीतलपाटीन्युज डटकम।
लण्डन। तमुधीं लण्डन इकाई १४ औं बर्ष पुरा भएको शुभ अवसरमा तमु धि लण्डन इकाईले "ऊच्च शिक्षा हाम्रो लक्ष्य" भन्ने स्लोगनलाई हृदयदेखी मनन गरि नेपालमा रहेको एक कल्याणकारी संस्था "तमु प्रतिष्ठान नेपाल" संस्थापन रहि संचालनमा रहिरहेको गरिव तथा जेहेन्दार बिधार्थीहरुलाई सहयोग स्वरुप एकजना बिधार्थीको शिक्षण खर्च एक लाख पच्चीस हजार स्पोन्सर गरेको छ। आगमी दिनहरुमा पनि यसरि नै निरन्तर मानब सेवा गर्दै अगाडी बढी रहनेछ भनि पुर्ण बिश्वास राख्दै खुशी प्रकट गर्दछौ महासचीव रक गुरूङले बताउनु भयको छ।

 


तमु धि लण्डन इकाई ३० सेप्टेम्बर २००७ सालमा लण्डन बासी गुरुङहरुलाई एउटै छत्रछायामा राखी  गुरुङहरुको संस्कृति परम्परा,रिति रिवाज र आफ्नो पहिचानलाई  संरक्षण, सम्बर्द्धन गर्ने र सधैं आफ्नो सदस्यहरुको हितमा रहि सस्थागत रूपमा दु:ख पिडाहरुमा आवस्यक सहयोग गर्ने उदेश्यले स्थापना भएको सामाजिक संस्था हो ।

 


यस संस्था स्थापना भइ आजसम्म संस्थाले आफ्नो परम्परा सास्कृति, रिति रिवाजलाई संरक्षण र सम्बर्द्धन मात्र नभइ विभिन्न दुख पिडाहरुमा परेका नेपालीहरुलाई सहयोग गरि मानबिय सेवाहरु गर्दै आइरहेको छ भने नेपालमा विभिन्न समस्यहरु जस्तै भुकम्प,बाढी र प्राकृतिक बिपत्ति पर्दा, शिक्षा र स्वस्थमा समेत तमु धि लण्डन इकाईले मानव जिबन रक्षाको लागी उल्लेखनिय सहयोगहरु पुर्याउदै आइरहेको छ।

 


बेलायतको सबैभन्दा ठुलो र पुरानो प्रतिष्ठित जातीय सस्था तमु धीं युकेको अभिन्न अंगको रूपमा स्थापित तमु धीं लण्डन इकाई स्थापनाकाल देखि निरन्तर आजको मिति सम्म तमु धि युकेको निति र नियाम भित्र रहि कार्यहरु गर्दै आएको छ।

तमु धि लण्डन इकाईले बेलायत् भित्र र बाहिर रहेका विभिन्न संघ सस्था हरुसंग समेत पारस्परिक सम्बन्ध कायम  राख्दै आइरहेको छ। यस् संस्थालाई  आजको यस स्थानसम्म ल्याउन संस्थाका सस्थापक ब्याक्तीहरु,पुर्ब अध्यक्ष ज्युहरु,सल्लाहकारज्युहरु कार्यसमितिहरु आमा समुह र सदस्यहरु
र केन्द्रको पनि ठुलो भुमिका रहेको पाइन्छ।

तमु धि लण्डन इकाईले सस्थाको बिधि बिधान र केन्द्रको निति नियाम अनुरुप सस्था र आफ्नो सदस्यहरुको सधैं हक र हितमा काम गर्दै सधैं सत्यको बाटोलाई अंगाल्दै सधैं तमु एकतालाई मुल मन्त्रको रूपमा लिइ अगाडी बढी रहेको छ, भने अहिलेको आवस्यकता पनि तमु एकता नै सम्झन्छ महासचीव रक गुरूङले "जय तमु धि लण्डन लण्डन इकाई" भन्नु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?