Wednesday December 01, 2021

नेपालको राहदानी र नोटमा बुद्धको तस्वीर राख्न बुद्ध फाउण्डेसन युकेद्वारा माग

१६ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1181


नेपालको राहदानी र नोटमा बुद्धको तस्वीर राख्न बुद्ध फाउण्डेसन युकेद्वारा माग

शीतलपाटीन्युज डटकम।
लण्डन। बुद्ध फाउण्डेसन युकेद्वारा नेपालको राहदानी तथा नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गर्दै नेपाली राजदूतावास बेलायत मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ। फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले सो ज्ञापन पत्र बुझाएको हो।

 


बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीमार्फत नेपाल सरकारलाई बुझाइएको सो ज्ञापन पत्रमा नेपालको राहदानीमा गौतम बुद्ध तथा लुम्बिनीका तस्वीरहरु समावेश गर्न माग गरिएको छ भने बुद्धका भनाइहरु समेट्न पनि अनुरोध गरिएको छ।

 


फाउण्डेसनले बेलायतमा बुद्धको सन्देश,उनको जन्मस्थल र नेपालको प्रचार प्रसार गरिररहेको जानकारी गराउँदै यस्ता कार्यमा सहयोगका लागि नेपाल सरकारसित आग्रह पनि गरेको छ।

 


 लुम्बिनी क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने सहयोगका लागि पहल गरिदिन पनि फाउण्डेसनले माग गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?