Wednesday October 20, 2021

बेलायतमा पूर्व काउन्सिलर धन गुरुङले सार्वजनिक गरे "किन हो किन" म्युजिक भिडियो

१८ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1176


बेलायतमा पूर्व काउन्सिलर धन गुरुङले सार्वजनिक गरे "किन हो किन" म्युजिक भिडियो

शीतलपाटीन्युज डटकम।
लण्डन। धन किरन गुरुङ र दिपा लामा  राइको "किन हो किन" मिठो गीत लण्ड्नमा एक भब्य समारोहबीच गैर आवासीय नेपाली संघ युकेका अधक्ष्य प्रेम गाहा मगरका हातबाट सर्बजानिक भएको छ। बेलायत लन्डनमा डि जि प्रडक्सन युकेद्वारा “किन हो किन्” म्युजिक भिडियो सार्वजनिक भएको कुरा गायक  गुरुङले जानकारी दिएका छ्न।

 


गायक तथा संगीतकार अशिक गुरुङले धन किरन गुरुङको स्वर,संगीत र रचनामा सजिएको गीतको म्युजिक भिडियोमा पहिलो पल्ट प्रतिभा नक्षत्र युकेका बिजेता मिस सुबृना लिम्बुसँग डेबुट गरेका छ्न।

भिडियो रोमान्टिक लभ स्टोरी कथामा आधारित रहेको म्युजिक भिडियोकी निर्मात्री श्रीमती अल्का गुरुङ हुन। उक्त गीतको रचना,संगीत र स्वर धन किरन गुरुङको आफ्नै रहेको छ भने महिला स्वरमा नेपाली चर्चित गायिका दिपा लामा राइको साथ रहेकोछ। 'किन हो किन' गीत को संगीत संयोजन सुरथ प्रधानले गर्नु भएको छ भने उक्त म्युजिक भिडियोमा युकेका चर्चित निर्देसक तथा  कोरियोग्राफर प्रभु गुरुङले गरेका छ्न। क्यामरामा  सिनेमाटोग्राफ्री सुमन श्रेष्ठ,कलर ग्रेडिङ नबिन  निरौला रहेका छ्न भने मेकअप पुस्पा गुरुङले साथ दिएकी छन।

'किन हो किन' म्युजिक भिडियोमा बेलायतका नयाँ पुस्ताका मोडेल आशिक गुरुङ र सुबृना लिम्बुले डेब्युमा नै दम्दार अभिनय निभाएका छ्न। आशिक  गुरुङ कम्प्युटर इन्जिनेरिङ्ग र म्युजिक टेकनोलोजी  अध्ययन सकेर डि जि प्रोड्क्सनका प्रबन्ध निर्देशक रुपका आफ्नो कलाकारितालाई अघि बढाइरहेका छ्न भने प्रतिभा नक्षत्र युकेका बिजेता सुबृना लिम्बु हाल बायोमेडिकल साइन्स युनिभर्सिटी अफ कीलमा डाक्टर बिषयमा अध्ययन गर्दैछिन ।

उक्त गीत शनिवार एक कार्यक्रमका वीच एनआरएनए यूकेको अध्यक्ष प्रेम गाहा मगर,तमु समाज केन्टको अध्यक्ष राजदेबी गुरुङ र पूर्व अध्यक्ष शोभराज घोताने गुरुङ लगायतको उपस्थितीमा विमोचन गरिएको छ। सो अवसरमा तमु धिं यूके पूर्व अध्यक्ष ज्ञाम गुरुङ,धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्ष गोलमान गुरुङ,कान्सिलर पिटर लगायत बेलायतमा सक्रिय रहेका नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेका थिए ।

केन्टमा गोरखा मेमोरियल स्ट्याचु स्थापना गर्न मूख्य भूमिका खेलेका काउन्सिलर तथा कलाकार धन किरण गुरुङले कला संस्कृतिको संरक्षणमा लामो समयदेखि महत्व दिदै आएको बताएका छन् ।गुरुङले बेलायतबाट सांगीतिक कोशेली पस्कने क्रममा यी गीतले नयाँ आयाम थप्ने विश्वास लिएको बताएका छन।

भिडियो:
 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?