Wednesday October 20, 2021

बेलायतमा दैनिक दुई पाउण्ड लगानीमा घरको मालिक बन्न सकिने "IDEA" को योजना सार्वजनिक

२४ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 2249


बेलायतमा दैनिक दुई पाउण्ड लगानीमा घरको मालिक बन्न सकिने "IDEA" को योजना सार्वजनिक

शीतलपाटीन्युज डटकम।
लन्डन । हङकङमा प्रधान कार्यालय रहेको आइडिया फर वर्ल्डले बेलायतमा आफ्नो व्यवसाय विस्तार गर्ने भएको छ। गैर आवासीय नेपाली र उनीहरुका अन्तरराष्ट्रिय विजनेस पार्टनरहरुबाट स्थापित आइडिया ग्रुप अन्तरगतको उक्त लिडिङ कम्पनीले गत शुक्रबार अल्डरसटमा एक समारोह बीच औपचारिक रुपमा आफ्नो योजना सार्वजनिक गरेको हो।
 


कार्यक्रममा कम्पनीका अध्यक्ष गोकर्ण श्रेष्ठले यूके रियल स्टेटमा र विश्वका धेरै देशमा दुई पाउण्ड दैनिक लगानी योजनाबाट नै घर मालिक बन्न सकिने प्रोजेक्ट शुरु गर्न लागिएको जानकारी दिए। श्रेष्ठले अबको ८ देखि १० वर्षभित्र ५० हजार घर, फ्ल्याट किन्ने योजनामा जो कोही पनि शेयरहोल्डर बन्न सक्ने बताए।
 

कम्पनीले विश्वभरबाट १० लाख भन्दा बढी मानिसलाई शेयरहोल्डर बनाउने कामको शुरुवात गरेको छ । त्यसका लागि   विश्वका विभिन्न देशमा क्राउड फन्डिङ प्लेटफर्म सँग काम अगाडि बढाइएको कम्पनीको दावी छ। अध्यक्ष श्रेष्ठले आइडिया बैंक केही समय भित्रै सञ्चालन गर्नका लागि प्रक्रिया शुरु भइसकेको पनि उनले बताए ।
 


कम्पनीका अनुसार आइडिया फर वर्ल्डमा अहिले विश्वभर दुई हजार पांच सय भन्दा धेरै पार्टनर संलग्न छन्। अहिले कम्पनीमा पार्टनरसीपमा आवद्व हुन ५ हजारजना भन्दा बढीले आवेदन दिइसकेको श्रेष्ठको भनाइ छ।
 


उसको विश्वका विभिन्न देशका फरक आयोजना बनिरहेका छन्। नेपालमा पनि आइडिया फर वर्ल्डको सब्सीडाइरिज कम्पनी आइडिया फर नेपालमार्फत १ दर्जन बढी प्रोजेक्ट संचालनमा छन्। साथै आइडिया फर नेपालले एनआरएनए र विभिन्न नेपाली सँस्थासँग पनि मिलेर विश्वव्यापी काम गरिरहेको छ।

 


कम्पनीले कृषि, माछापालन, प्रविधि, म्यानू फ्याकचरिङ, भौतिक पूर्वाधार, खानी, फुड एण्ड बेभरेज, प्रोपर्टी,हेल्थ एण्ड ब्यूटी फिटनेश, यातायात, पर्यटन जस्ता चार सय भन्दा बढी आयोजनामा लगानी गरेको दावी गरेको छ।
 
ति कयौं आयोजनामा लगानी गरेको आइडियाले अहिले अत्यावश्यक तीनवटा आयोजना अटोमेटिक पार्किङ,रियल स्टेट र बैंकिङ (भावी योजना) मा विश्वव्यापी व्यापार शुरु गरेको जनाएको छ। गत अक्टुबर ८ मा उल्लेखित तीन आयोजनाको सफ्ट लन्च सेरेमोनी गरिएको हो। पार्किङको विश्वव्यापी व्यापारका लागि उत्पादक कम्पनीसंग एक सय भन्दा बढी देशको एक्सक्लुसिभ राइट लिएर त्यसको विक्री वितरण काम शुरु भइसकेको कम्पनीको भनाइ छ।
 
कार्यक्रममा आइडिया फर वर्ल्डकी निर्देशक रोजिना प्रधान राईले स्वागत मन्तव्य दिंदै बेलायतमा आफ्नो कम्पनीले ल्याउन लागेको आइडिया पार्किङ, आइडिया रियल इस्टेट र केही समयपछि शुरु हुने आइडिया बैंक प्रोजेक्टमा जोडिन बेलायतवासी नेपाली व्यवसायीलाई आग्रह गरिन्। ‘हामी सम्पन्न भए परिवार, समाज र देश नै समुन्नत हुने हो । आउनुस् मिलेर केही गरौं। सहकार्यमा सफलता छ’, उनले भनिन्।

कार्यक्रममा उपस्थित सहभागीले आइडिया फर वर्ल्डले सारा विश्वले नै गर्व गर्नलायक प्रोजेक्टहरु शुरु गर्न लागेकोमा धेरै खुशी व्यक्त गर्दै आफूहरु पनि छिट्टै कम्पनीको शेयर होल्डर हुने चाहना व्यक्त गरे।कार्यक्रममा बेलायतस्थित नेपाली व्यवसायी, एनआरएनए अभियन्ता र समाजसेवीहरुको उल्लेख्य सहभागित थियो।


ideaforworld.com
ideagroupparking.com




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?