Wednesday October 20, 2021

प्रमुख संरक्षक शेष घलेद्वारा एनआरएन युकेको अफिस उदघाटन

२५ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1068


प्रमुख संरक्षक शेष घलेद्वारा एनआरएन युकेको अफिस उदघाटन

प्रमुख संरक्षक शेष घलेद्वारा एनआरएन युकेको अफिस उदघाटन

शीतलपाटीन्युज डटकम।
लण्डन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको कार्यालय भवन एक भव्य समारोहका बीच उदघाटन भयको छ। एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा भयको उदघाटन कार्यक्रम संघका प्रमुख संरक्षक एवम पुर्व अध्यक्ष शेष घलेले उदघाटन गरेका हुन।
कार्यक्रमका प्रमुख अतिथि शेष घले तथा विशेष अतिथि नेपाली दूतावासकी उप नियोग प्रमुख श्रीमती रोशन खनाल,संरक्षक शेर बहादुर सुनार,एनआरएनए युकेका संस्थापक सदस्य डा राघव प्रसाद धिताल लगायतका अतिथिलाई कार्यक्रमको शुरुमा गुल्मेली प्रथम नौमति बाजा बजाएर अतिथि तथा सहभागीहरुलाई स्वागत गरिएको थियो।


संघका प्रमुख संरक्षक पूर्व अध्यक्ष घलेले गैर आवासीय नेपाली संघलाई नेपाली समुदायको संयुक्त राष्ट्र संघको मोडेलमा लैजान पर्ने सल्लाहा दिए। अमेरिका,युके,अस्ट्रेलिया र जापान संघका लागी  चार ओटा पिलर भयको उनले बताए। उनले आफ्नो कार्यकालमा तयार पारिएको भिजन २०२० एण्ड बियोंड भन्ने दस्ताबेज अझै कार्यान्वयनमा नल्याइएको भन्दै दुख पनि व्यक्त गरे। अमेरिकाबाट आएका एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा केशब पौडेलले अहिलेको नेत्रित्वको असक्षमताले गर्दा चुनाव अनिश्चित बनेको र अहिले एमआइएस प्रणाली संस्था कब्जा गर्ने उद्देश्यले कार्यान्वायन गरिएको आरोप पनि लगाए। डा पौडेल सन् २०२१-२३ कार्यकालका लागि ‘टिम कुल’ बाट महासचिव पदका उम्मेदवार हुन।


कार्यक्रममा नेपाली दूतावासकी उप नियोग प्रमुख श्रीमती रोशन खनाल, संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार, एनआरएनए युकेका पूर्व अध्यक्षहरु सूर्य गुरुङ,योगेन क्षेत्री,उपाध्यक्ष नारायण कंडेल,संघको केन्द्रिय उपाध्यक्ष पदका उम्मेदवार थर्क सेन,कोषाध्यक्ष पदका उम्मेदवार राजन त्रिपाठी, सह कोषाध्यक्ष पदका उम्मेदवार ललित न्यौपाने, युरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार सन्तोष भट्टराई, युरोप क्षेत्रीय उप संयोजक पदका उम्मेदवार दयानिधि सापकोटा,एनआरएनए यूकेपूर्व महासचिव राजकुमार त्रिपाठी,तमुधि युकेका अध्यक्ष हितकाजी गुरुङ,जन सम्पर्क समिति युकेका सभापति युबराज गुरुङ,तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ,पत्रकार भगीरथ योगी लगायतका वक्ताले आफ्नो मन्तव्य तथा शुभ कामना व्यक्त गरेका थिए।

‘एनआरएन डे’ को अवसर पारेर आयोजित समारोहमा प्रमुख अतिथि घलेले केक काटेर खुसियाली मनाएका थिए। कार्यक्रमका सभापति तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले नयाँ कार्यालयको उद्घाटन पछि कार्यालयको काम व्यवस्थित र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका थिए। महासचिव खुसि लिम्बु,प्रवक्ता भरतमणी चोङबाङ र उपाध्यक्ष गोबिन्द खरेलले सञ्चालन गरेको सो कार्यक्रममा सुभकामना मन्तव्य उपाध्यक्ष मोहन कार्कीले राखेका थिए। उपस्थित सबैलाइ धन्यवाद उपाध्यक्ष नारायण कंडेलले दिएका थिए।

 


कार्यक्रममा हाल अस्वस्थ्य रहेकी एनआरएन आइसिसी पुर्ब सदस्य शान्ति थापा कुँवरलाई सम्पूर्ण नेपालीको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रमका प्रमुख अतिथि डा शेष घलेको बाहुलीबाट दोसल्ला सहित सम्मान गरिएको थियो।

बिभीन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू, एनआरएनए युकेका पदाधिकारीहरू,पत्रकारहरू उपस्थिती रहेको सो कार्यक्रम भब्य रुपमा सम्पन्न भयको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?