Wednesday October 20, 2021

रेडिङ नेपाली (GRNCA) समाजको एघारौं महाधिबेसन सम्पन्न, एक कार्यकाल थपियो

२६ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1184


रेडिङ नेपाली (GRNCA) समाजको एघारौं महाधिबेसन सम्पन्न, एक कार्यकाल थपियो

रेडिङ नेपाली (GRNCA) समाजको एघारौं महाधिबेसन सम्पन्न, एक कार्यकाल थपियो
शीतलपाटीन्युज डटकम।
रेडिंग स्थित नेपालीहरुको साझा  संगठन GREATER READING NEPALESE COMMUNITY ASSOCIATION ( GRNCA ) को एघारौ महाधिबेशन १० अक्टोबर २०२१ का दिन दिऊसो ४ देखी ७ बजेसम्ममा भर्चुयल कार्यक्रमको माध्यमबाट सुसम्पन्न गरिएको छ। संस्थाका अध्यक्ष टेक गुरुंगको सभापतीत्वमा भएको ऊक्त कार्यक्रममा संस्थाका पुर्ब अघ्यक्षहरु, सल्लाहकारहरु बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा साधारण तथा आजीबन सदस्यहरुको ऊपस्थीती रहेको थियो।

 



कार्यक्रमको शुरुवात नेपाली राष्ट्रीए गानबाट गरिएको थियो भने स्बागत मन्तब्य संस्थाका ऊपाध्यक्ष भिमसेन खड्काले गर्नुभएको थियो। कार्यक्रमको दोस्रो चरणमा संस्थाले गत दुई बर्षमा सम्पन्न गरेका बिभिन्न कृयाकलापको बारेमा महासचिब ओमकार अधिकारी र कार्यबाहक महासचिब मनी सुबेदीले संयुक्त रुपमा आआफ्ना प्रतिबेदन पेश गर्नुभयो भने तेस्रो चरणमा संस्थाका गत दुई बर्षको आर्थिक गतिबिधीको बारेमा संस्थाका सह कोषाध्यक्ष जगन्नाथ सापकोटाले आर्थिक प्रतिबेदन पेश गर्नु भयो। यसको लगत्तै अध्यक्ष टेक गुरुंगले आफ्नो दुई बर्षे कार्यकालको संक्षिप्त बिबरण राख्दै कोभीड १९ का कारण सोचे जस्तो सबै कामहरु पुरा गर्न नसकिएको तर बिभिन्न कठिनाईहरुका बीचमा पनी उल्लेख्य कामहरु गर्न सफल रहेको बताऊनु भयो। ऊहांले  आफ्ना केहि अधुरा कामहरु पुरा गर्नको लागी  सभाले अनुमोदन गरेको खण्डमा आफ्ना भाबी कार्यक्रमहरुको प्रतिबेदन अगाडी राख्दै ऊहांको नेतृत्वको दशौं कार्यसमितीलाई पुन एक कार्यकाल थप गरी काम गर्ने अबसर प्रदान गर्न सभा समक्ष प्रस्ताब राख्नु भयो।

 


सभाले  प्रस्तुत तीनवटै प्रतिबेदन माथी खुलारुपमा छलफल गरी निर्बिबाद सर्बसम्मत रुपमा अनुमोदन गर्दै अध्यक्ष टेक गुरुंगको बिशोष प्रस्ताब अर्थात दशौं कार्यसमितीलाई नै पुन एक कार्यकाल थप गर्ने प्रस्ताबलाई पनी सर्बसम्मत रुपमा पारित गर्दै अनुमोदन गर्यो। यस पछी महासचिब ओमकार अधिकारीले अनुमोदित कार्यसमितीका सबै २५ जना सदस्यको नाम पढेर सुनाऊनु भयो।

कार्यक्रमको अन्तीम चरणमा संस्थाको नब अनुमोदित कार्यसमितीलाई बधाई तथा शुभकामना दिने क्रममा सॅस्थाका पुर्ब अध्यक्ष अर्जुन बस्नेत,मान गुरुंग तथा कृष्ण न्यौपाने लगायत सल्लाहकारहरु ढक गुरुंग , बिश्व आदर्श पण्डित र रामेश्वर थापाले पनि नब अनुमोनीत कार्यसमितीलाई बधाई तथा शुभकामना दिनुभयो। अन्त्यमा सभापतीको आसनबाट नब अनुमोदित अध्यक्ष टेक गुरुंगले सम्पुर्ण कार्यसमितीको तर्फबाट ऊपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै आगामी बर्षमा संस्थाले थप ऊत्साहका साथ अधै लोकप्रिय र जनसेबी  काम गर्दै अगाडी  बढ्ने प्रतिबद्दता ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो। कार्यक्रमको संचालन संस्थाका महासचीब ओमकार अधिकारीले गरेका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?