Wednesday October 20, 2021

गोर्खा इन्टेक १९७१ यूकेको स्वर्ण जयन्ति भब्य

२७ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1074


गोर्खा इन्टेक १९७१ यूकेको स्वर्ण जयन्ति भब्य

गोर्खा इन्टेक १९७१ यूकेको स्वर्ण जयन्ति भब्य

शीतलपाटीन्युज डटकम।
लण्डन । इन्टेक १९७१ यूकेले स्वर्ण  जयन्ति भब्य  रुपले  मानाएको छ। इन्टेक १९७१ यूकेले गत ९ अक्टुवर २०२१ को दिन अल्दर्सतशहरमा रहेको दि पालेस रेस्टुरेन्टको एण्ड भेनुको पार्टी हलमाउनीहरु ब्रिटीश गोर्खा ब्रिगेड हंगकंगमा भर्ति भएको पचासौ वर्षपुगेको ऐतिहासिक शुभ अवसरमा पचासौ स्वर्ण जयन्तिभब्यताकोसाथ मनाएको हो।

 


यस कार्यक्रममा सहभागी बन्नयूकेको विभिन्न प्रान्तमा बस्नु हुने दौतरीहरु, उहाँहरुको परिवारर नेपाल तथा हंगकंग वाट समेत आउनु भएकोले कार्यक्रमअत्यन्तै रोचक देखिएको थियो। कार्यक्रममा प्रमुख अतिथिहरुको लागि आमन्त्रित गरिएको संस्थाको मानार्थसदस्यहरु केहि कारणवस अनुपस्थिति रहे पनि कार्यक्रमकोअध्यक्षता र अतिथिको दुवै कार्य वर्तमान अध्यक्ष कार्यक्रमको उद्घाटन भूपू केप्टेन भिम बहादुर गुरुङ १/२ जि आर ज्युले गर्नुभएको थियो।

 


कार्यक्रममा आसन ग्रहण पश्यात नेपाली राष्ट्रिय गीत तथाब्रिटीश राष्ट्रिय गीतको धुनको साथसाथै वर्तमान अध्यक्ष भूपूकेप्तेन श्री भिम बहादुर गुरुङ १/२ जि आर ज्यु, लगायत भूपूअध्यक्ष द्वय भूपू कर्पोरल पुर्णबिर गुरुङ २/२ जी आर र भूपूलेप्टेन श्री रेशम शेरचन २/२ जिआर,बियस्सी बोइसको प्रतिनिधि भूपू मेजर कर्णसेर तामाङ्ग क्युजी सिग्नल्स,स्मारिकाको सम्पादक भूपू लेप्टेन नरेन्द्र राज काम्बांग, १० जिआर र बाबुजीहरुको प्रतिनिधि भूपू मेजर टिकेन्द्रदल देवान ६ जि आर हरुको संयुक्त प्रयासमा दीप प्रज्वलन  गरिकार्यक्रमको समुद्घाटन भएको थियो।

 


त्यसपछि हामीपक्लिहवा र धरानमा भर्ति भएको कुल संख्या २१० जवान मध्येहंगकंगको सेकोंग तालिम केन्द्र वाट केहि  कारणबस तीनजवान तालिम पूर्ण नगरी नेपाल फिर्ता पठाईएकोले वांकी २०७ जवान मध्ये हालसम्म ३७ जवान हाम्रो आदर्णिय दौतरीहरु ले वीर गति पाएकोले उहाँहरुको स्मृतिमा एक मिनेट मौनधारणगरि यस क्रममा आखिरी पोस्टको धुन बजाई श्रद्दान्जली अर्पणगरिएको थियो।

 


त्यसपछि संस्थाको अध्यक्ष भूपू केप्तेन भिमबहादुर गुरुङ १/२ जी आर द्वारा  ५०सौ स्वर्ण जयन्तीमा सहभागी सम्पूर्ण दौतरीहरुलाई  सम्वोधन  गरि स्वागत गर्नुको साथसाथै यस भब्य कार्यक्रमलाई तन, मन र धनले सहयोग पुर्याउनु हुने विभिन्न ओहोदाको सदश्यहरुलाई उहाँहरुले पुर्याउनु भएको सहयोगको कदर गर्दै सधन्यवाद प्रकट गर्नु भएको थियो। 

त्यस पश्च्यात ५०सौ स्वर्ण जयन्तिको उपलक्षमा भूपू लेप्टेन नरेन्द्र राज काम्बांगको सम्पादकीयमा तयार पारिएको स्मारिका र भूपू लेप्टेन रेशम शेरचनद्वारा सिर्जना गरिएको इन्टेक १९७१ साल यूकेको लोगो अङ्कित प्लागको विमोचन माथि उल्लेखित व्यक्तित्वहरुद्वारा भएको थियो। त्यस पस्च्यात स्मारिकाको सम्पादक भूपू लेप्टेन नरेन्द्र राज काम्बांग र प्लाग तथा ब्याक्ड्रपको संयोजक भूपू लेप्टेन रेशम शेरचनद्वयलाई उहाँहरुको अमुल्य योगदानलाई कदर गरि संस्थाको तर्फवाट वर्तमान अध्यक्ष भूपू केप्टेन  भिम बहादुरगुरुङवाट प्रसंशा-पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा क्रमश: सामाजिक संजालको  संयोजक भूपू क्याप्टेन ईन्द्र बहादुर गुरुङको संयोजक्त्वमा दौतरीहरुको सम्झनारुपी सामुहिक पुरुष तथा महिलाहरुको फोटो खिच्ने क्रम रहेको थियो। फोटो खिची सकेको केहि विश्राम पछिसंस्थाको मनोरन्जनको  कार्यक्रम प्रस्तुतिको लागि कार्यक्रम सयोजक/सचिव भूपू क्याप्टेन नर बहादुर गुरुङ  एम्भियो,बियम र भूपू कर्पोरल टंक शेरचनको संयुक्त प्रयासमा करिब एक घण्टासम्म सयपत्री सांस्कृतिक समूह यूकेको कलाकारहरुद्वारा विभिन्न नेपाली लोकनृत्यहरु र भू पू कर्पोरल टंक शेरचनद्वारा सन्चालक तथा बासुरीको धुनहरुले सबैको मन जित्न सफल रहेको थियो। सांस्कृतिक मनोरंजन पश्च्यात संस्थाकोतर्फवाट अध्यक्ष भूपू क्याप्टेन भिम बहादुर गुरुङद्वारा कलाकारहरुलाई केहि पुरुस्कार तथा सर्टिफिकेटहरुले सम्मान गरिएको थियो।

सांस्कृतिक कार्यक्रमवाट भरपूर्ण मनोरंजन लिएर पालेस रेस्टुरेन्टद्वारा तयार गरिएको साझको स्वादिस्ट भोजनले लामो समयसम्म भोकाएको भोकको पेट एकछिनमै टन्न पारिदियो। दुर्भाग्यवस खाना संयोजक भूपू क्याप्टेन गोपाल प्रधान केहि कारणवस सहभागी हुन असमर्थ भएकोमा हामी दुखित छौ। तैपनि उहाँले कार्यक्रम अगावै दौतरीहरुको सहभागिताको संख्या संकलन गर्नु भएकोले रेस्टुरेन्टलाई तयारी गर्न धेरै सहज पर्न गएको अनुभूति भएको थियो ।

त्यसपछि पचासौ स्वर्णजयन्तिलाई विशेष रुप दिन भूपू कप्तान ईन्द्र बहादुर गुरुङको संयोजकत्वमा उत्सव केकको आयोजना भएको लगत्तै माथि उल्लेखित महानुभावहरुद्वारा केक काट्ने कार्य र श्याम्पिन फोरेर चेयर गर्ने कार्य सपन्न भएको थियो। त्यसको लगत्तै युकेको हजुर महारानी,इन्टेक १९७१ युकेको महिला र इन्टेक१९७१ यूकेलाई टोस गर्ने काम भएको थियो। त्यसपछि इन्टेक१९७१ युकेको संस्थापक अध्यक्ष/सल्लाहाकार  तथा हाम्रो दौतरीहरुको सबै भन्दा पहिलो फौजी नम्बर पाउने व्यक्ति भूपूकर्पोरल पूर्णबिर गुरुङद्वारा आयोजक समितिको सम्पूर्ण पदाधिकारीहरुलाई कार्यक्रम सफल बनाउन अहम भूमिका निभाएको हुनाले अध्यक्ष लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद र आफ्नो भनाई राख्दै सम्पूर्ण कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।

स्मरण रहोस यो भब्य कार्यक्रमको शुरु देखि अन्तसम्म तदारुकताको साथ सन्चालक गरि सम्पूर्ण कार्यक्रमसंचालन गर्न अहम भूमिका निभाउनु हुने भूपू केप्तेन नरबहादुर गुरुङ एमभियो,बिएम संस्थाको धन्यवादको पात्र बन्नुभएको छ। यस कार्यक्रममा अनवरत ढंगले आर्थिक मामिलाको हिसाब किताब राख्ने कार्यमा निरन्तर लागि पर्ने संस्थाको कोषाध्यक्ष  भूपू डब्लु ओटू श्यामसिंग राना हुनुहुन्थ्यो भने पेय पदार्थकोलाई धेरै वर्ष देखि निरन्तर ढंगवाट संस्थालाई व्यवस्थापन गर्नमा सहयोग गर्नु हुने भूपू सार्जन्ट आनबहादुर पुन हुनु हुन्थ्यो। मनोरंजनको संयोजक भूपू कलर सार्जन्ट पूर्ण बहादुर गुरुङले गर्नु भएको थियो ।

कार्यक्रममा स्मारिकालाई सौजन्य गर्ने सम्पूर्ण दौतरीहरुलाई प्रति परिवारलाई एक थान स्मारिका र प्लाग निशुल्क प्रदान गरिएको थियो। अन्तमा कार्यक्रम करिब दिउसोको १२ बजे शुरु भएर साझ ८ बजे अन्त भएको थियो। संक्षिप्तमा ५०सौ स्वर्ण जयन्तिअत्यन्तै सौहार्द वातावरणमा सम्पन्न हुनुको साथै धेरै सफलताभएको सबैले महसुश गरेको पाइएको छ।

यस संस्थाले भविष्यमा हुने इन्टेक १९७१ यूकेको भेटघाट कार्यक्रम बारे कहिले गर्ने भन्ने बारे समिक्षा बैठकमा गर्ने छ। नमारी बाचेकालले साचे अर्को बार्षिक भेटघाटमा भेट हुने अपेक्षा राख्दछौं।

जय इन्टेक १९७१ यूके।
सौजन्य: भूपू लेप्टेन श्री रेशम शेरचन २/२ जिआर
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?