Monday November 30, 2020

かついた」勤務中に爆破予告

६ असार, २०७५ शीतलपाटीन्युज डटकम । 1462



अल्डरसट,लण्डन । बिदेसमा रहेका नेपालीहरुको सबैभन्दा ठुलो चाडपर्व कै रुपमा बेलायती नेपाली समुदायमा आयोजना हुने वर्षको सबैभन्दा ठूलो इभेन्ट १६ औ अडीसनको गोर्खाकप २०१८ भव्य रुपमा सम्पन्न भएको छ ।अल्टरसटको क्वीन्स एभिन्यू , ग्यारीजन स्पोर्टस मैदानमा सम्पन्न १६ औं गोर्खाकप २०१८ मा १५ हजार भन्दा बढि दर्शकले मनमोहक मौषमको आनन्द लिदै प्रत्यक्ष हेरेको आयोजक तमु धि युकेले जानकारी दियो भने  अनुमान गर्नेले पनि १५ हजारको भीड रहेको महसुस गरेको थियो ।
 

प्रतियोगिताको मुख्य विधामा ३२ टीम र भेट्रानतर्फ १० टीम गरी कुल ४२ टिमले प्रतिस्पर्धामा भीडेको खेलमा युके बाहीर हल्याण्ड , बेल्जियम र हंगकंगबाट समेत खेलाडीहरु प्रतिष्पर्दामा सहभागी थिए । 
तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्गले बल गुडाई उद्घाटन भयको सो खेलमा गोरखा कप २०१८ कार्यक्रमको उदघोषण एवम संचालन  तमुधि यूके महासचिव कृष्ण गुरुङले र  प्रतियोगिताको संयोजन क्याप्टेन पिताम्बर गुरुङले गर्नु भयको थियो । साथै कार्यक्रमको अध्यक्षता तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्गले गर्नु भयको थियो। 
रशमोर बरोका मेयर काउन्सिलर स्टिभ मास्टर्सन प्रमुख अतिथी रहेको सो कार्यक्रममा विशेष अतिथीहरु बेलायती सांसद लिओ डोचेर्टी, लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, आइडीया फर नेपालका मुख्य प्रायोजक आइडिया फर नेपालका सिईओ शिरोमणी दवाडी लगायतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गर्नु भयको थियो। 

प्रतियोगिताको मुल विधातर्फ विजेता बन्दै मंगोलियन भाञ्जाले यस वर्षको गोर्खाकपको उपाधि जित्यो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलको अतिरिक्त समयमा ब्रिगेड बोइजलाई १ शून्यको अन्तरले हराउंदै मंगोलियन भाञ्जा विजेता बनेको हो । 

विजेता समुहले २५ सय पाउण्ड नगद र उपविजेताले १५ सय पाउण्डको नगदसहित ट्रफी र सर्टिफिकेट प्राप्त गरे । त्यस्तै, भेट्रान समुहमा इलाम एफसी विजेता तथा केन्ट एफसी उपविजेता बने । विजेताले १२ सय तथा उपविजेताले ८ सय पाउण्ड नगदसहित ट्रफी र सर्टिफिकेट पाए। प्रतियोगीतामा नन भेट्रानतर्फ मंगोलीयन भान्जाका सौगात गुरुड्ग “टप स्कोरर” बन्न सफल भय भने मंगोलीयन भान्जा कै सादिक लीम्वु  “म्यान अफ द मेच” घोषित भए। त्यस्तै गरी भेट्रानतर्फ इलाम एफसीका चोक गुरुड्ग “मेन अफ द मेच” र केन्ट एफसीका मोहनराई “बेष्ट स्कोरर” भयका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?