२७ आश्विन, २०७८
रविना थापा,
अमेरिका हाल मातृभुमी नेपाल।
मातृभुमीको अनुभुति
दशैंको पुर्वसन्ध्यामा
यसबेला सात समुन्द्रपरबाट
जन्मघरको ॲागनमा
पुरै नोस्टालिक भईयो !
क्या मनमोहक दशैं आऊथ्यो !
लाहुरबाट आऊने
यहि समय !
शहर छिरेकाहरू
जन्मघर आऊने
यहि समय !
जागिरमा
देशका कुना कुना पुगेकाहरू
फर्कने
यहि समय !
मनसुनले बिदा लिदै
आकाश स्वच्छ,सफा हुने
यहि समय !
रंगीबिरंगी चंगाहरु आकाशमा उडाउने
यहि समय !
सयपत्री र मखमली फुलहरु फुल्ने
यहि समय !
बास-बाबियोको पिंगमा चचगुई गर्दै
पिंग खेल्ने
यहि समय !
यस्तो लाग्थ्यो
हाम्रा महान पर्वहरू
विजया दशमी,दिपावली, नेपाल सम्बत ,छठ लगायतका पर्वहरूले हामीलाई
मेलमिलाप ,सद्भाव र आत्मीयता जोडिरहेको छ !
हरेकबर्ष
उहि समय
उहि मौसम
उहि ठाऊमा
आऊने हाम्रा यि महानपर्वहरूले
कसैलाई खुसी बनाएर जाने
फेरि
कसैलाई अझै पिडा थपेर जाने नहोस !
अन्त्यमा
विजया दशमी,दिपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्णमा सुख ,शान्ति ,समृद्धि, उन्नति, प्रगति, सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछु ।