३० आश्विन, २०७८
शीतलपाटीन्युज डटकम।
काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति सदस्य बनेकी छन् ।
पार्टीको असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ गते स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन गर्ने क्रममा राईलाई केन्द्रीय सदस्य बनाउँदै सुनसरी जिल्ला सहइञ्चार्जको जिम्मेवारी तोकेको छ।
लामो समय बेलायत रहँदा पनि गैरआवासीय नेपालीबीच वाम राजनीति सम्प्रेषण गरेकी नेतृ राई केही वर्ष यतादेखि नेपालमा पनि सक्रिय छन् नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओलिले गरेका प्रतिगमनको विरोधि आन्दोलनमा समेत क्रियाशिल रुपमा लागेकी राईले समाजवादी पार्टी निर्माण अभियानमा सहयोग पुर्याउँदै आएकी छन्।
रामप्रसाद राई प्रतिष्ठानकी अध्यक्ष रहेकि सुष्मा राई शहिद रामप्रसाद राईकी नातिनी हुन्।