Tuesday May 17, 2022

राजदूत रेग्मीद्वारा अल्डरसट युकेमा रहेको बिसीसी गुम्बा दर्शन 

१ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 2088


राजदूत रेग्मीद्वारा अल्डरसट युकेमा रहेको बिसीसी गुम्बा दर्शन 

पुर्ण बहादुर गुरुङ,
लण्डन।
लण्डन। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले अल्डरसटस्थित वुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको दर्शन गर्नु भयको छ। यसअघि पनि २ पटक गुम्बाको दर्शन गरिसकेका महामहिम राजदूत रेग्मीले गत आइतबार १७ अक्टोबरका दिन पुनः दर्शन गरेको हो। गत १६ अक्टोबर देखि ३ दिनका लागि आयोजना भैरहेको बौद्ध धर्ममा अत्यन्त महत्व रहेको गणचक्र (छोकबुम) पुजाको दोस्रो दिन उनी सहित उनकी धर्मपत्नी, राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल तथा उनका श्रीमानको समेत बिशेष सहभागीता रहेको थियो ।
राजदूत रेग्मीले गुम्बा भित्र रहेको गौतम बुद्धको प्रतिमामा बत्ति बाले लगत्तै गुम्बाका लामा खेन्पो कुन्ख्यापले बुद्ध धर्मसंग सम्बन्धित प्रवचन सुनाएका थिए । सो अवसरमा  बौद्धमार्गी प्रति आफ्नो विश्वास रहेको बताउँदै सो प्रवचनले अत्यन्त मन छोएको जनाए । त्यस्तै, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यबाहक अध्यक्ष समेत रहेको बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले राजदूत रेग्मीले छोटो समयमा पनि भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन मुद्दामा बिशेष योगदान दिएकोमा आभार व्यक्त गरे।

 


उक्त गणचक्र पुजाको मध्यान्तरमा गरिएको राजदूत रेग्मीको दर्शनको क्रममा बिसीसी युकेका धर्म गुरुहरु, आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार डा. कपिल रिजाल लगायतको उपस्थिति रहेको थियो। बिसीसी युकेका महासचिव क्याप्टेन देब घलेले संचालन गरेको उक्त दर्शन कार्यक्रममा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र आमा अध्यक्ष उर्मिला गुरुङले राजदूत रेग्मी दम्पत्तीलाई फुलको गुच्छा सहित मायाको चिनो प्रदान गर्दै विदाई समेत गरेका थिए ।

 


स्मरण रहोस्,वर्तमान सरकारले पूर्व सरकारले नियुक्त गरेका सबै राजदूतहरुलाई नेपाल बोलाउने क्रममा राजदूत रेग्मी समेत नेपाल फर्कन लागेका हुन् ।
 




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?