Wednesday December 01, 2021

एनआरएनए युकेकी निवर्तमान अध्यक्ष पुनम गुरूङ  कम्युनिटी एचिभरको उपाधिद्वारा सम्मानित

९ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 3067


एनआरएनए युकेकी निवर्तमान अध्यक्ष पुनम गुरूङ  कम्युनिटी एचिभरको उपाधिद्वारा सम्मानित

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। बेलायतस्थित ब्ल्याक हिस्ट्री मन्थ बेजिङ्स्टोकले गैरआवासीय नेपाली संघ युकेका प्रथम महिला अध्यक्ष एवम तमुधि युके र गुरुङ कोने घोण्डे–घोताने समाजका सल्लाहकार पुनम गुरुङ  लाई ‘कम्युनिटी अचिभर’को उपाधिबाट सम्मान गरेको छ। सामाजिक सेवामा लामो समयदेखि निरन्तर लागिरहेकी गुरुङले सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा सो उपाधिले सम्मान गरेको हो।

समाज सेवाको भावनाले ओतप्रोत भएकी पुनम गुरूङ कर्मठ महिला मध्येकी एक हुन्। गुरूङलेे  अरुको सेवामा बढी समय बिताउँछिन्। एनआरएनए युकेको प्रथम महिला अध्यक्ष समेत रहेर सफल रहेकी  महिला अभियन्ता र गोर्खा सेफ रेष्टुरेन्ट न्युवेरीकी सफल ब्यवसायी पुनम गुरुङले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएकी छन् ।

तमुधिँ युके आमा समूहकी संस्थापक अध्यक्ष रहेकी पुनम एक शाहसी तथा सफल महिला व्यवसायी र सफल समाजवेवी हुन्। पुनम गुरुङले क्यान्सर रिसर्च युकेमा ६ वर्षसम्म स्वयमंसेविका बनेर क्यान्सर रिसर्च युकेलाई सहयोग गरी अनुभव बटुलेकी छन। आवश्यक परेका बेला सहयोग गर्ने र अनुभव बटुल्ने गुरूङको बानी छ।

उनले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा एनआरएन युकेबाट उनकै नेतृत्वमा नेपाली राजदूतावास लण्डनसंकको सहकार्य गरी नेपालमा १५० अक्सिजन कन्सन्ट्रेटर पठाएर सहयोग गरिन भने नेपालको सबैभन्दा दुर्गम क्षेत्रमा अक्सिजन खरिद गरेर पनि दिएकी थिइन।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?