Wednesday December 01, 2021

"जसलाई मैले" गीतका रचनाकार राजशान्ति सुनार र बिबि अनुरागीलाई उत्कृष्ट अवार्ड

१० कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 1492


"जसलाई मैले" गीतका रचनाकार राजशान्ति सुनार र बिबि अनुरागीलाई उत्कृष्ट अवार्ड

शीतलपाटीन्युज डटकम।
लण्डन। लमजुङमा जन्मिएर बेलायतलाई कर्मथलो बनाउनु भएका समाजसेवी एवम गीतकार राजकुमार सुनार र शान्ति सुनारले लेख्नु भएको “जस्लाई मैले” भन्ने गीतले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेको छ।

 


साथै गीतका संगीतकार बिबि अनुरागीले  उक्त गीतबाट बर्ष उत्कृष्ट संगीतकार र एरेन्जरको अवार्ड प्राप्त गर्नु भएको छ। पोखरामा आयोजित नेशनल गण्डकी म्युजिक अवार्ड –२०७८ बाट, गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालको प्रमुख आतिथ्यतामा अनुरागीलाई अवार्ड हस्तान्तरण गरिएको हो ।

 


अनुरागीले अवार्ड प्राप्त गरेको उक्त गीत राजशान्तिको पहिलो सृजना हो। गीतले छोरी र बुहारी दुबै बराबर हुन। बुहारीलाई छोरी जस्तै ब्यवहार गर्न सक्नु पर्छ भन्ने सन्देश दिएको छ। गीतले दाईजो प्रथालाई पनि समेटेको छ। गीतकार सुनार भन्नु हुन्छ “हाम्रो समाजमा छोरिलाई बिवाहको बहानामा दाईजो संग साट्ने गरेको पाईन्छ। दाईजो कै कारण कति बुहारीको हत्या भएको धेरै समाचार आयको छ। त्यसैले पनि हामीले गीतका माध्यमबाट बुहारीलाई पनि छोरी सरह ब्यवहार गर्नुपर्छ। गीतले छोरीलाई दाईजो होइन शिक्षा आवस्यक छ भन्नेे सन्देेेश प्रवाह गरेको छ ।”

 


बेलायतमा बस्दै आउनुभएका सुनार दम्पतीले राजशान्ति फाउन्डेसन बेलायत मार्फत नेपाल र नेपालीको लागि सहयोग गर्दै आउनु भएको छ। आफुहरुले कमाएको केहि प्रतिशत हरेक दिन दुखि पीडितका लागि सहयोग गर्ने जोडिले लेख्नु भएको गीतको म्युजिक भिडियो निर्माण राजशान्ति फाउन्डेशन बेलायतले गरेको हो। स्वरुपा रसाइलीको स्वर रहेको गीतमा उत्साह घिमिरे र गौरव पहारीको अभिनय रहेको छ। समन अधिकारीले गर्नु भएको भिडियो निर्देशन बिबि अनुरागी युटुब च्यानलमा देख्न सुन्न सकिन्छ।
( लुकेकोखवर अनलाइन)

भिडियो-

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?