Wednesday September 28, 2022

प्रवासी नेपाली मंच युकेद्वारा प्रधानमन्त्री देउवाको भ्रमणप्रति शुभकामना तथा ध्यानाकर्षण

१४ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 3368


प्रवासी नेपाली मंच युकेद्वारा  प्रधानमन्त्री देउवाको भ्रमणप्रति शुभकामना तथा ध्यानाकर्षण

प्रधानमन्त्री देउवाको भ्रमणप्रति शुभकामना तथा धानाकर्षण

प्रवासी नेपाली मञ्च युकेले ग्लास्गो स्कटल्याण्डमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी २६औँ अन्तराष्ट्रीय सम्मेलन COP26 मा भाग लिन बेलायत आउनु भएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको भ्रमण सफलताको कामना गरेको छ। साथै प्रवास स्थित बसोबास गरेका आमनेपाली र भूपू गोरखा सैनिकका समस्याहरू लगायतका समस्याहरू समाधानका लागि सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ध्यानाकर्षण-पत्र प्रस्तुत गरेको छ। संगठनबाट प्रस्तुत ध्यानाकर्षण-पत्रको पूर्ण विवरण यस प्रकार रहेको छ ।


सम्माननीय प्रधानमन्त्री शेरबहादुरदेउवाज्यू
भ्रमणमुकाम लन्डन्, बेलायत

विषय: ध्यानाकर्षण-पत्र
मिति: 31/10/2021

सम्माननीय प्रधानमन्त्रीज्यू,
जलवायु परिवर्तन सम्बन्धी २६औँ अन्तराष्ट्री सम्मेलन COP26 मा तराइँ सम्माननीय प्रधानमन्त्रीज्यूको सहभागिताले नेपालको  अन्तराष्ट्रीय सुसम्बन्ध विकास र सम्मेलनको उद्धेश्य समृद्ध गर्नमा महत्वपूर्ण योगदान पु-याउन सफल रहोस भन्ने कामना गर्दै रोजगारीको सिलसिलामा प्रवासमा रहेका आम नेपाली जनसमाजले उठाउँदै आएका निम्न मागहरू नेपाल सरकारबाट अविलम्ब समाधानका लागि पहल होस भन्ने जोडदार माग गर्दै बेलायत स्थित आम नेपाली जनसमाजको तर्फबाट प्रावासी नेपाली मञ्च युके द्वारा सम्मननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँदछौ ।
1. नेपाली नागरिकताको निरन्तरताको माग प्रवासमा रोजिरोटीको क्रममा बस्नु परेका नेपाली नागरिकहरूको नैसर्गिक अधिकारको माग भएकोले नेपाल सरकारले नेपाली नागरिकताको निरन्तरतालाई अबिलम्ब सम्वोधन गरी आफ्ना नेपाली नागरिकहरूको अधिकारलाई संरक्षण र उनीहरूको आयआर्जन, ज्ञान, सीप र सौजन्यता नेपालको समृद्धिमा उपयोग गर्न पहल गरोस् भन्ने माग गर्दछौँ ।
2. भूतपूर्व गोर्खा सैनिकहरूले उठाइआएका समान पेन्सन लगायतका मागहरू समाधानका लागि  नेपाल सरकारको तर्फबाट बेलायत सरकारसँग दुई पच्छीय वार्ता गरी अबिलम्ब समाधानगर्न नेपाल सरकारको तर्फबाट जोडदार पहल गरियोस् भन्ने माग गर्दछौँ ।
3. नेपालमा हुन लागिरहेको आम निर्बाचनमा प्रवासमा रहेका नेपाली नागरिकहरूले नेपाली राजदूतावास मार्फत मतदान गर्न पाउने व्यवस्था मिलाउन नेपालको सर्वोच्च अदालतले समेत  निर्णय गरिसकेको अवस्था भएकोले अबिलम्ब कार्यन्वयन होस् भन्ने माग गर्दछौँ ।
4.  गैरआवासीय नेपाली संघ, विदेशमा बस्ने नेपालीहरुको गैरराजनीतिक, गैरधार्मिक,गैरनाफामूलक, स्वतन्त्र साझा संस्था हो । यसलाई संस्थाको आफ्नै विधि, विधान, नियम र परम्परा अनुसार स्वतन्त्र तरिकाले सञ्चालन हुन दिनुपर्दछ।  भर्खरै नेपाल सरकारको परराष्ट्र मन्त्रालयको अनावश्यक हस्तक्षेपले यस संस्थाको गति र अस्तित्वलाई नै समाप्त पार्ने हो की भन्ने अवस्थाको सृजना भएको छ । हामी गैरआवासीय नेपाली संघ माथि नेपाल सरकारले गरेको यस्तो गैर जिम्मेवारपूर्ण हस्तक्षेपप्रति असहमत जाहेर गर्छौ र यस्तो हस्तक्षेप तुरुन्त अन्त्य गर्न अनुरोपूर्ण मागगर्दछौ।
 सम्माननीय प्रधानमन्त्रीज्यूको बेलायत भ्रमण सुखमय र सफल रहोस भन्ने सदियाँ सहित
भक्त गुरुङ
अध्यक्ष
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रीय कमिटी

सुरेन्द्र थपलिया
अध्यक्ष
सुरेशजङ्ग शाह
महासचिव
प्रवासी नेपाली मञ्च युके
राष्ट्रीय कमिटी
बेलायत



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?