Wednesday December 01, 2021

बेलायतमा महाकवि देवकोटा जयन्ती मनाइयो

१८ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 1193


बेलायतमा महाकवि देवकोटा जयन्ती मनाइयो

कोमल श्रेष्ठ मल्ल,
लण्डन।
बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ११३औं महाकवि देवकोटा जयन्ती प्रवचन, कविता वाचन, गीतसङ्गीत प्रस्तुति र पुस्तक विमोचन लगायतका कार्यक्रमहरूकासाथ भव्यरूपमा मनाइयो।


बेलायत,नेपाल,भारत,यूएईका साहित्यकार,कवि, कलाकार,गायककार पत्रकार र साहित्य प्रेमी लगायतका सर्जकहरूको उत्साहवर्धक सहभागिता रहेको भर्चुअल साहित्यिक कार्यक्रमको उद्घाटन गर्नुहँदै प्रमुख अतिथि यती संस्थाका पूर्वअध्यक्ष तथा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार डा.राघव प्रसाद धिताल ओबिईले महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपालका अमूल्य निधि हुन्,जस्ले भाषा साहित्यिको शिखर उच्च मात्र पारेनन् शिक्षा मन्त्री समेत भएर अन्तराष्ट्रीय स्तरमा नेपालको प्रतिनिधित्व समेत गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएका थिए भन्नुभयो।समारोहमा प्रमुख अतिथि डा. धितालले परिषद्की सहमहासचिव डा.सङ्गीता श्रेष्ठ’स्वेच्छा’ द्वारा सम्पादित सहित्य र चित्रकलाको सङ्ग्रह ‘द हिमालयन सनराइज ‘ पुस्तकको विमोचन गर्नुहुँदै लेखक सङ्गीता ’स्वेच्छा’ ले नेपाली साहित्य र चित्रकलालाई अंग्रेजी भाषामा सङ्ग्रहित गरी पुस्तक
प्रकाशन गरेर नेपाली सिर्जनालाई अन्यभाषिहरू बीच पु-याउने अत्यन्त सराहनीय कार्य गरेकी छन् भन्नुभयो।

 



समारोहमा विशिष्ट अतिथि परिषदका नेपाल चाप्टरका प्रमुख सल्लाहकार संयोजक वरिष्ठ कवि गोपालपराजुलीले महाकवि देवकोटा बेलायतका सेक्सपियर्स र मिल्टन लगायतका विश्वका अति विशिष्ट सिमितसाहित्यकारहरू मध्य एक थिए भन्नु भयो।

 


विशिष्ट अतिथि परिषद्को नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराईले महाकविको विस्तृत जीवनी प्रस्तुत गर्नुहुँदै देवकोटाले नेपाली साहित्यलाई खँदिलो र उच्च स्तरको बनाएको चर्चा गर्नुभयो।

 


परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले महाकवि देवकोटाकोकारणले नेपाल विश्व साहित्य क्षेत्रमा तुलनात्मकरूपमा अरू ठूला देशहरूमाझ गनिने गरेको छ भन्नुहँदै वरिष्ठसाहित्यकार शाहले अङ्ग्रेजी भाषामा हिमालयन सन राइज़ पुस्तक प्रकाशन गरेर साहित्यकार डा.सङ्गीता स्वेच्छाले नेपाली साहित्यलाई अन्तराष्ट्रीय क्षेत्रमा फैलाउने सरहानीय काम गरेकी छन् भन्नु भयो ।

सभापतिको आसनबाट परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्यविकास परिषद् यूके ले आफ्नो स्थापना काल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटाजयन्ती लगायतका साहित्यिक गतिविधिहरू तिब्रगतिले अगाडि बढाउँदै आएको चर्चा गर्नुभयो।

यस अघि स्वागत मन्तव्य राख्नु हुँदै परिषद्का सहअध्यक्ष कवि रेशम अर्यालले बेलायतमा नेपाली भाषासाहित्यिको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गर्नुहुँदै नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान बारे प्रकास पार्नु भयो।

समारोहमा विमोचित पुस्तकको समिक्षा गर्नु हुँदैन समिक्षक कवि हेमन्त विश्वकर्माले पुस्तककी सम्पादकडा.सङ्गीता सवेच्छाले पुस्तकमा कविता, अन्तर्वार्ता,मन्तव्य,लेखरचना र तित्रकलाहरू समिस्रण गरेर रोचक रअध्यनमूलक एउटा भिन्नै नौलो प्रयोग गरेकी छन् भन्नुभयो। यसैगरी समारोहमा विमोचित पुस्तककी सम्पादक परिषद् की सहमहासचिव डा.सङ्गीता स्वेच्छाले पुस्तकबारे आफ्नो मन्तव्य राख्दै भिन्नभिन्न भाषामा सञ्चालन हुने एउटा अन्तराष्ट्रीय कार्यक्रमको संयोजन गर्ने अवसर आफूले पाएकीले यो पुस्तकको जन्म हुन गयो भन्नुभयो।
 




मतहरू

virtual

albanian women play sex games adult virtual sex games sex games for girls

Cheap Zinc Oxide CAS 1314-13-2

Girls Swimsuit Cheap Zinc Oxide CAS 1314-13-2


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?