Wednesday December 01, 2021

गायक राजु लामा, संजीव प्रधान र गायीका सरिस्मा अमात्यको लण्डनमा गरियो भब्य स्वागत, एचके नाइट भब्य हुने

२३ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 4024


गायक राजु लामा, संजीव प्रधान र गायीका सरिस्मा अमात्यको लण्डनमा गरियो भब्य स्वागत,  एचके नाइट भब्य हुने

शीतलपाटीन्युज डटकम।
लन्डन ।  लण्डनमा १२ नोभेम्बर २०२१ आयोजना हुने एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गायकहरू राजु लामा, सञ्जिब प्रधान र सरिस्मा अमात्य बेलायत आइपुगेका छन्। आगामी शुक्रबार साँझ अल्डरसटको एम्पायर हलमा हुने एचके नाइट २०२१ को लागी भब्य बनाउन गायकहरू बेलायत आएका हुन्।


कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेजका निर्देशक किरण गुरुङ रहेको सो कार्यक्रम सफल पार्न सोमबार साँझ लन्डन हिथ्रो विमानस्थलमा उत्रिएका गायकहरू लामा, प्रधान र गायिका सरिस्मा अमात्य समेतलाई एचे नाइटका आयोजकहरुले स्वागत गरेका थिए। आयोजक हंककंग युथ नेप्लिज एशोसिएसन यूकेका अध्यक्ष सुवास घोताने, हेम गुरुङ,राजन गुरुङ,अजय थापा, मिका,पप्पु,आशिष,सुदिप, सुबास समेतको दुई दर्जन सदस्यहरू कलाकारहरुको स्वागतका लागि हिथ्रो बिमानस्थल पुगेका थिए। आयोजक समूहका अध्यक्ष सुवास घोतानेले गायक लामा, प्रधान र अमात्यलाई पुष्पगुच्छा र खादासहित हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए।


कार्यक्रममा गायक राजु लामा,सन्जीव प्रधान र सरिस्मा अमात्यका साथै बेलायतस्थित कलाकार आइएम गोले,दाजुभाइ ब्याण्ड र सिक्का ब्याण्डको विशेष प्रस्तुति हुनेछ। कार्यक्रम सञ्चालन मिस इंग्ल्याण्ड रनर अप प्रतिष्ठा रावत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।


१२ नोभेम्बर २०२१ को साँझ ७ बजे एम्पायर हलमा शुरु हुने कार्यक्रम मध्यरातसम्म चल्नेछ। त्यसपछि अल्डरसटकै प्यालेस हलमा आफ्टर पार्टी आयोजना हुने कार्यक्रम छ। जहाँ डिजे एसकाजीले बिहान तीन बजेसम्म नचाउने छन्। प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज रहेको सो कार्यक्रमको हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवा शुल्कमा २५ प्रतिशतको छुट समावेश रहेकोछ। टिकट प्रायोजक मःम स्टेसनले पनि हरेक टिकटलाई आफ्नो रेष्टुरेन्टमा १० प्रतिशत छुट उपलब्ध गराउने ब्यवस्था मिलाएको छ ।


कोभिड महामारी यता नेपालका चर्चित कलाकारहरुको साथमा बेलायतमा साँगीतिक प्रस्तुति हुन लागेको यो पहिलो अवसर हो। बेलायतवासी नेपाली दर्शकहरुको लामो प्रतिक्षापछि हुन लागेको कार्यक्रमलाई विशुद्ध सांगीतिक र मनोरञ्जनात्मक बनाइने आयोजकले बताएका छन्।




मतहरू

virtual

albanian women play sex games adult virtual sex games sex games for girls


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?