Wednesday December 01, 2021

युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने

२४ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 1094


युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने

GNNNEWS-
काठमाडौं । इलाम सूर्योदय नगरपालिका–१० कि युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन्।


विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन २८ बर्षीया तामाङले आगामी अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने भएकी हुन्।

इलाइट हिमालय एक्सपीट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहेकी उनी हालै मात्र सगरमाथाको लोबुचे पिकसम्मको ६ हजार १ सय १९ मिटरको उचाइको आरोहण गरेर फर्किएकी छन्।

कृषि पेशामा आबद्ध प्रकाश तामाङ र मधु तामाङकी एक्ली छोरी युवन्तिका वाइक राइडिङमा अब्बल छिन्। सगरमाथा आरोहण खर्चिलो हुने भएकाले उनी यतिबेला खर्च जुटाउने कसरतमा छिन्।

उनी भन्छिन्,‘जिल्लाबाट पहिलो महिला आरोही बनेर सगरमाथाको शिखरमा पुगेर राष्ट्रिय झन्डा फहराउने हिम्मत लिएको छु। सपना पूरा गर्छु भन्ने आशा छ । यसका लागि सबैको सहयोगको अपेक्षा गरेको छु ।’ पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपालीहरुलाई सामान्यत ३५ लाखको हाराहारीमा  खर्च हुने गर्छ।






यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?