Wednesday December 01, 2021

"Gurkhahistorymonth" "युद्धसाहित्य"

२५ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 1169


"Gurkhahistorymonth" "युद्धसाहित्य"

बिजय हितान,

लण्डन।
‘Gurkha History Month’ को प्रारम्भ
“”””””””””””””””””””””””””””””””
 लण्डन- ११ अक्टोबर २०२१ को दिन बेलायतबाट ‘गोर्खा हिस्ट्री मन्थ’ (Gurkha History Month) सुरु भएको घोषणा गरिएको छ ।
 
गोर्खालीहरूले गौरवशाली इतिहास रचेका छन् । यसैले नेपाललाई विश्वजगतमा चिनाएको छ । अहिलेसम्म केही बेलायती लेखकले लेखेर मात्रै यो वीरताको इतिहास बचेको हो। अन्यथा गोर्खालीको यो मौलिक इतिहास ओझेलमा परेको हो नै । यसलाई अझै विकास गर्न अब यही इतिहासका रचयिता र गोर्खाली जातिसँग रगत र माटाको नाता राख्नेहरूले नै कलम चलाउनुपर्ने आवश्यकता देखिन्छ । यसरी छायाँमा परेको इतिहासलाई अनुसन्धान, संरक्षण, संबर्धन र प्रवर्धन गर्ने उद्देश्यले ‘गोर्खाली इतिहास मास’को अवधारणा ल्याइएको हो।
 
यस अभियानमा गोर्खाली सैनिक, तिनका परिवार र जोकोही सर्वसाधारण नेपाली विभिन्न क्रियाकलाप गरेर लाग्न सक्नुहुने छ ।

यस एक महिनाभित्र युद्धमा वीरगति प्राप्त गर्नुभएका आआफ्ना बाउबाजेका सम्झनामा उहाँहरूको फोटो र संक्षिप्त जीवनी फेसबुकमा पोष्ट गर्न हार्दिक अनुरोध गरिएको छ ।

त्यसैगरी यस समयावधिभरि युद्ध,सैनिक,पल्टनीया र लाहुरेसम्बन्धी इतिहास,कविता,लेख,संस्मरण, नियात्रा जस्ता साहित्यिक सिर्जना रचेर मिडियामा छपाउन र गोर्खाली इतिहास उपर वहस/विमर्श इत्यादि गर्न हार्दिक आह्वान गरिन्छ।

यस्ता गतिविधिमा विशेषत ब्रिटिश गोर्खा सेनाका पल्टनहरू,भारतीय गोर्खा सेनाका पल्टनहरू,नेपाली सैनिक,नेपाल पुलिस,गोर्खा रिजर्भ युनिट ब्रुनाई, गोर्खा कन्टिनजेन्ट सिंगापुर पुलिसको महत्वपुर्ण योगदान रहन्छ। साथै सम्बन्धित भूपू सैनिक सङ्गठन, सामाजिक संघसंस्था,साहित्यक संघ र साहित्यिक व्यक्तित्वहरूको पनि विशेष भूमिका रहन्छ।
 
यो अभियानलाई प्रत्येक वर्ष ११ अक्टोबरदेखि आरम्भ गरिने छ र पप्पीडे अर्थात् रिमेम्बरेन्सडे ११ नोभेम्बरका दिन समाप्त गरिने छ। यसलाई आउने वर्षहरूमा पनि निरन्तरता दिइने छ।
 
यस अभियानलाई गत ९ अक्टोबरका दिन विश्व नेपाली साहित्य महासंघ पश्चिम युके शाखा र विश्व नेपाली साहित्य महासंघ साउथ युके शाखाको संयुक्त बैठकमा छलफल गरेर पारित गरिएको हो।
 
स्मरण रहोस्, यी दुई संस्थाको संयुक्त आयोजनामा १३ र १४ नोभेम्बर २०२१  बृहत् युद्ध साहित्य गोष्ठी पनि हुँदै छ।

उक्त गोष्ठीमा भीसी शेरबहादुर थापा क्षेत्रीका नाति बेल्जियमका नेपाली पूर्व राजदूत लोकबहादुर थापा र विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’लाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिँदै छ। यी कार्यक्रममा सबैको साथ र सहभागिताको अपेक्षा राखिएको छ।




मतहरू

games

albanian women play sex games adult virtual sex games sex games for girls


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?