Monday November 28, 2022

लन्डनको बार्किङमा खुल्यो स्वादिष्ट खानाको "गाउँले चुल्हो" पार्टी भेन्यू र क्याटरिङ पनि

२५ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 1905


लन्डनको बार्किङमा खुल्यो स्वादिष्ट खानाको "गाउँले चुल्हो" पार्टी भेन्यू र क्याटरिङ पनि

शीतलपाटीन्युज डटकम ।

लण्डन। लन्डन बार्किङ स्टेसनको छेवैमा रहेको स्पटेड डग (Spotted Dog) पबको हातामा स्वादिष्ट खानाको गाउँले चुल्हो शुरु भएको  समाचार छ। बेलायतमा नेपाली स्वाद पस्किने रेष्टुरेन्ट तथा टेकवे व्यवसायहरु खुल्ने र बिस्तार हुने क्रम बढ्दो छ।।

 


मौलिक नेपाली स्वादलाई फरक शैलीमा पस्किने लक्ष्यसहित लन्डनको व्यस्त बार्किङ अन्डरग्राउन्ड स्टेसन छेवैमा हालै ‘गाउँले चुल्हो’ शुरु भएको छ। विगत केही वर्षदेखि नेपाली व्यवसायीहरुकै लगानीमा सञ्चालित ‘स्पटेड डग’ पबकै हातामा गत महिनादेखि गाउँले चुल्हो शुभारम्भ गरिएको  दिपक श्रेष्ठले जनाउनु भएको छ।

 



गाउँले चुल्होको सञ्चालन एवम व्यबस्थापनको जिम्मा विष्णु थापाले गरेका हुन्। जसले नेपाली,इन्डियन तथा कन्टिनेन्टल कुइजिनमा देश-विदेशमा दुई दशक बढीको अनुभव संगालेका छन्। उनले बेलायतको प्रतिष्ठित ब्रिटिश लाइफ करी अवार्ड समेत जितेका छन्।

 


गाउँले चुल्होको मेन्यूमा स्वादिष्ट नेपाली खाना म:म,सेकुवा,छोइला,सुकुटी,पांग्रा साँधेको,तारेको रिब्स,चाउमिन,थाली जस्ता मौलिक नेपाली परिकारहरु समावेश छन्। त्यस्तै बटर चिकन मसाला, ल्याम्ब चप्स,गलाफी सिस कबाब,गोन फिस करी, चिकन चटिनाड,ल्याम्ब पसन्दा,हरियाली चिकन टिक्का,बोटी कबाब,लसुनी प्राउन जस्ता नर्दन इन्डियन,साउदर्न इन्डियनदेखि चिल्ली चिकन, चिल्ली पनिर,पिरो-पिरो गार्लिक,हाँस जस्ता चाइनीज परिकारसम्मका फ्युजन गाउँले चुल्होमा उपलब्ध छन्।

दाल मखानी,तड्का दाल,चिल्ली पनिर,शाही पनिर, हरियो तरकारीजस्ता शाकाहारी परिकारहरु पनि गाउँले चुल्होका स्पेसालिटी छन्। त्यस्तै गाउँले चुल्हो स्पेसल हेइद्राबादी दमपक बिर्यानीदेखि बटर नान, गार्लिक चिल्ली नानसम्मका नान,रोटीहरु पनि गाउँले चुल्होले आफ्ना ग्राहकहरुको लागि पस्किएको छ।  साथमा बेलायती फ्लेभर दिने ग्रील, स्टेक, बर्गर, र्‍याप लगायतका आइटम उपलब्ध गराइएको छ।

गाउँले चुल्होका मौलिक विशेषता केके छन् त ? ‘हाम्रो मेन्यु नै फरक छ। नेपाली स्वादलाई फ्युजन शैलीमा पस्किने प्रयास गरेका छौं’, सेफ विष्णु भन्छन्, ‘हाम्रो हरेक परिकर ग्राहकले मन पराउने मात्र नभइ फरक स्वाद महसुश गर्न सक्ने स्तरको बनोस् भन्ने हाम्रो प्रयत्न रहेको छ।’‘नेपाली बाहेकका परिकारहरु पनि नेपाली फ्लेवरमा प्रिजेन्ट गरेका छौं। केही नयाँ स्वाद दिने हाम्रो प्रयासलाई अहिलेसम्म हाम्रा नेपाली, विदेशी दुवै ग्राहकले मन पराइदिनुभएको छ’,सेफ थापाले भनेका छन।

गाउँले चुल्होको किचनमा बजारका रेडीमेड मसालाहरुको प्रयोग हुँदैन । ‘हामीले आफ्नै हातले तयार गरेका मसालाहरु मात्रै प्रयोग गर्छौं । जसले गर्दा स्वाद मौलिक निस्किन्छ भने खाना पनि फ्रेस, स्वस्थकर र हलुका बन्ने गरेको छ’, थापाले भने। सेफ थापाले बेलायतको प्रतिष्ठित ब्रिटिश लाइफ करी अवार्ड समेत जितेका छन् ।

गाउँले चुल्होमा ग्राहकहरुको लागि इट इन र टेक अवेका साथै जस्ट इट,डेलिभरी, उबर इट लगायतका अनलाइन माध्यमबाट टेकवे डेलिभरीको सुविधा समेत उपलब्ध छ। त्यसबाहेक कुनै पनि साना-ठूला पार्टीहरुको लागि अर्डर अनुसारको क्याटरिङ सेवा उपलब्ध छ। ‘हामीकहाँ प्राइभेट पार्टीहरुको लागि २ सय बढी ग्राहक क्षमताको गार्डेन सहितको भेन्यू छ। आफ्नै भेन्यूमा पार्टी गर्न चाहने ग्राहकहरुको लागि पनि अर्डरअनुसारको क्याटरिङ हामी उपलब्ध गराउंछौं’,सेफ थापा भन्छन्। 


क्याटरिङका लागि पूरै लन्डन कभर गरिने तथा पार्टीको आकार हेरेर लन्डन आसपासका क्षेत्रसम्म पुग्न सकिने सेफ थापा बताउंछन्। प्राइभेट पार्टी तथा क्याटरिङका लागि अग्रिम अर्डर गर्दा मेन्यूमा नरहेका जुनसुकै आइटम पनि तयार गर्न सकिने उनले बताए।

गाउँले चुल्हो शुरु हुनु केही वर्षअघिदेखि नै उक्त भेन्यूमा ‘स्पटेड डग बार्किङ’ नामको पब सञ्चालनमा थियो। बार्किङ अन्डरग्राउन्ड स्टेसनको आडैमा रहेको पबलाई बेलायतका नेपाली व्यवसायीहरु दीपक श्रेष्ठ,अर्जुन शाही,शरद श्रेष्ठ,सुजन श्रेष्ठ,धनराज मल्ल,रोशन थापा,मो शरिफ लगायतको समूहले सञ्चालन गर्दै आएको हो। पबमा पार्टी हल गार्डन सहितको ठूलो भेन्यू उपलब्ध छ। जहाँ सयौं जनाको सहभागितामा प्राइभेट पार्टीहरुदेखि कम्युनिटी कार्यक्रमहरुको निम्ति पनि उपयुक्त छ। हामीलाई सेवा गर्ने मौका दिनुहोस, तपाईको संन्तुष्टी हाम्रो उद्देश्य हो र नेपाली पर्यटनको बिकास हो, सेफ थापाले स्पष्ट पारेका छन।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?