Wednesday December 01, 2021

सहारा यूकेको निर्वाचन दिसेम्वर १८ मा, निर्वाचन समिती गठन

२८ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम 1167


सहारा यूकेको निर्वाचन दिसेम्वर १८ मा, निर्वाचन समिती गठन

शितलपाटी न्यूज । सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेको निर्वाचन यहि दिसेम्वर १८, २०२१ मा हुने भएको छ । 

सहारा यूकेको सम्पन्न छैटौ कार्य समितीको अन्तिम बैठकले निर्वाचनको तारिख समेत तोक्दै आयोजक समिती गठन गरी तयारी थालेको हो । कार्यसमितीको बैठकले सहारा यूकेका संस्थापक सल्लाहाकार तथा सहारा क्लवका मानार्थ सदस्य महेश गुरुङको संयोजकत्वमा तिन सदस्यिय निर्वाचन समिती गठन गरेको सहारा यूकेका अध्यक्ष कुमार गुरुङले जानकारी दिएका छन् । 

तिन सदस्यिय निर्वाचन समिती सहारा यूकेका सल्लाहाकार तथा सहारा क्लवका मानार्थ सदस्य लोक गुरुङ र सहारा यूके एफसीका पूर्व अध्यक्ष तथा सल्लाहाकार हरि कुमार श्रेष्ठ रहेका छन् । यहि दिसेम्वरमा छैटौं कार्यसमितीको पदावधी सकिन लागेको र दिसेम्वर १८ मा अधिवेशन गरिने संस्थाका सचिव तथा नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पती रेग्मीले जनाएका छन् । 

कार्य समितीको पूर्ण वैठक शुरु हुनु पूर्व संस्थाका महासचिव स्व. धनु पुरन थकाली र संस्थाका पूर्व अध्यक्ष दिलिप गुरुङका वुवा स्व.गङ्गा गुरुङ प्रति समेत श्रद्धाञ्जली अपर्ण गरी तस्विरमा माल्यापर्ण गर्नुका साथै एक मिनेट मौन धारण गरिएको सचिव रेग्मीले जानकारी दिए । महासचिव थकालीको गत असोज २१ गते यूकेमा ५२ वर्षको उमेरमा अल्डरशटका निधन भएको थियो । 

वैठकमा संस्थापक सल्लाहाकार महेश गुरुङले सहारा युकेको तर्फबाट पोखरा स्थित नौलो घुम्तीमा हस्तान्तरण गरेको रकम  तथा नेपाल भूतपूर्व खेलाडी मञ्चको आजिवन सदस्यता अभियानका बारेमा जानकारी गराएका थिए । 

सहारा यूकेका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यसमितीको पूर्ण वैठकमा उपाध्यक्ष ले.रि.कुशाङ गुरुङ र सचिव रेग्मीले संस्थाको विविध गतिविधी बारे जानकारी गराएका थिए भने कोषाध्यक्ष शारदा गुरुङले आय–व्यव विवरण प्रस्तुत गरेका थिए । सो अवसरमा सहारा यूकेका संस्थापक अध्यक्ष नविन गुरुङ, तमु धि युूकेका संस्थापक अध्यक्ष तथा सहारा यूकेका सल्लाहाकार मिन प्रसाद गुरुङ, तमु धिं यूकेका अध्यक्ष तथा सहारा यूकेका सल्लाहाकार हितकाजी गुरुङ, तमु धिं यूकेका पूर्व अध्यक्ष तथा सहारा यूकेका सल्लाहाकार रामचन्द्र सुर्य गुरुङ, बगर भाईखलक यूकेका अध्यक्ष तथा सहरा यूकेका सल्लाहाकार डिलरास गुरुड्ग र पूर्व अध्यक्ष तथा सल्लाहाकार चन्द्रमान गुरुङ (सिएम), बुद्धिष्ट गुम्बा रिडिड्गका अध्यक्ष इन्सपेक्टर खिम गुरुड्ग, सहारा यूकेका सल्लाहाकार रामचन्द्र गुरुङ लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?