Wednesday December 01, 2021

युके नेपाल इन्टरनेसनल फेड्रेसन बडिबिल्डिङ लिगका बिसन गुरुङ बेलायतको बर्मिङहममा सम्पन्न भएको Physical Culture Association मा भय च्याम्पियन

२९ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 3579


युके नेपाल इन्टरनेसनल फेड्रेसन बडिबिल्डिङ लिगका बिसन गुरुङ बेलायतको बर्मिङहममा सम्पन्न भएको Physical Culture Association मा भय च्याम्पियन

शीतलपाटीन्युज डटकम।
लण्डन। युके नेपाल इन्टरनेसनल फेड्रेसन बडिबिल्डिङ लिगका पुर्ब महासचिव बिसन गुरुङले बेलायतको बर्मिङहम सिटिमा १४ नोभेम्बर २०२१ मा सम्पन्न भएको PCA (physical culture association) प्रतियोगितामा आफ्नो तौल केटेगेरि र ओभरलमा च्याम्पियन हुनु भइ बेलायतमा प्रथम पटक ओभरल PCA च्याम्पियन हुनु भइ नेपालीले बडिबिल्डिङ क्षेत्रमा एउटा इतिहास कायम गर्नु भयको छ।


सो कार्यक्रमको लाइभ सोमा युके नेपाल फेड्रेसन बडिबिल्डिङ लिगका अध्यक्ष सुक गुरुङ,तमु धि लण्डन इकाई तथा स्याङ्जा समाज युकेका उपाध्यक्ष भरत गुरुङ र रमेश गुरुङको उपस्थिति रहेको थियो। विभिन्न संघ सस्थाहरूले बिसन गुरुङलाई आर्थिक सहयोग गर्नुको साथै हौसला प्रदान गर्नु भएको थियो। गुरूङको यो जितले नेपाल र नेपालीहरुलाई थप गर्ब तुल्याएको छ ।

 


बेलायतमा बिसन गुरुङको बिजय प्रति प्रसंशा गर्दै  विभिन्न संघ सस्था र युके नेपाल ईन्टरनेसनल फेड्रेसन बडिबिल्डिङ लिगका अध्यक्ष सुक गुरुङले बधाई दिनु भएको छ। बिसन गुरुङ २०१४ मा मिस्टर युके नेपाल, २०१५ मा मिस्टर हिमालयन रनर अप हुनु भएको थियो भने २०१८ मा मिस्टर काठमाडौको टाइटल हात पारि सक्नु भएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?