Sunday April 02, 2023

प्रदेश मुख्य मन्त्री नेपालीले गण्डकी विश्वविद्यालयको कार्यपत्रहरुको ‘सँगालो’ विमोचन गरे 

३० कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम 2477


प्रदेश मुख्य मन्त्री नेपालीले गण्डकी विश्वविद्यालयको कार्यपत्रहरुको ‘सँगालो’ विमोचन गरे 

शितलपाटी न्यूज । ‘उच्च शिक्षाको क्षेत्र देखिएका चुनौती र हाँक सम्वन्धि’ कार्यपत्रहरुको सँगालो एक कार्यक्रमका विच गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल ‘नेपाली’ले विमोचन गरेका छन् । 

गण्डकी विश्वविद्यालयले गत अप्रिल २–३ मा पोखरामा आयोजना गरेको ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपाल सहित ८ वटा देशका सहभागि वैज्ञानिकहरुले उठाएका विषयहरुलाई  सँगालोको (Conference Proceedings)  रुपमा प्रकाशित गरिएको हो । उक्त सँगालोको विमोचन गर्दै मुख्य मन्त्री नेपालीले गण्डकी विश्वविद्यालयको स्थापनाले संघियताको मुलमर्मलाई आत्मसात गरेको बताए । 

प्रदेशको मुख्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि पहिलो पटक विश्वविद्यालयमा पुगेका मुख्य मन्त्री नेपालीले भने–“धेरै वहशका विच गण्डकी विश्वविद्यालयको गठन भएको हो, प्रदेशको पहिचान दिन पनि हामीले विश्वविद्यालयको अवधारणा अघि सारिएको हो ।” उनले गण्डकी विश्वविद्यालय आफ्नो श्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालय भन्दा फरक हुनुपर्ने धारणा अघि सार्दै प्राविधिक, वास्तविक र व्यवहारिक रुपमा अघि बढ्नु पर्ने उल्लेख गरे । 

गण्डकी प्रदेश अन्य प्रदेशको दाँजोमा  हरेक हिसावले पहिलो भएको उल्लेख गर्दै मुख्य मन्त्री नेपालीले प्रदेशमा मेडिकल कलेजको स्थापनमा भने पछि परेकोमा चिन्ता प्रकट गर्दै भने–“नितिगत रुपमा प्रदेशमा ५ सय वेड क्षमताको अस्पताल हुनुपर्ने उल्लेख छ तर हामी मेडिकल कलेज स्थापना गर्न धेरै ढिलाई गरेका छौं ।” विश्वविद्यालयलाई मेडिकल कलेजको स्थापनका सँगै विश्व बजारमा आवश्यक जनशक्ती उत्पादन तर्फ आफ्नो ध्यान केन्द्रित गर्न मुख्य मन्त्री नेपालीले आग्रह गरे । 

सो अवसरमा गण्डकी प्रदेशका विनाविभागिय मन्त्री दोवाटे विश्वकर्माले विश्वविद्यालय समावेशी हुन नसकेकोमा चिन्ता प्रकट गर्दै विपन्न, दलित र पिछडिएका वर्गहरुलाई समेत पठन पाठनमा आरक्षण प्रदान गर्न आग्रह गरे । उनले विश्वविद्यालय राजनिती भन्दा माथी उठेर अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धी जनशक्ती उत्पादनमा ध्यान केन्द्रित गरिनु पर्नेमा जोड दिए ।   

विमोचन कार्यक्रममा आफ्ना भनाई राख्दै विश्वविद्यालयका कुलपती प्रा.डा.गणेशमान गुरुङले स्थापनाको छोटो अवधिमा नै विश्वविद्यालयले तिन वटा विषयमा पठन पाठनमा शुरु गरेको बताउँदै नेपालमा नै नयाँ मोडेलिटी बाट स्थापना भएको गण्डकी विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरु सँग समेत आफ्नो सम्वन्धलाई विस्तार गरेको उल्लेख गरे । कुलपती गुरुङले विश्वविद्यालयले विभिन्न विषयमा अनुशन्धान गरिरहेको जानकारी गराउँदै गण्डकी प्रदेशको संस्कृती जोगाउन अव चाँडै नै लोक दोहोरी विभाग गठन गरी अनुशन्धान मुलक अध्यापन शुरु गरिने बताए । 

कार्यक्रममा आफ्ना धारणा राख्दै गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले विश्वविद्यालयले स्थापनाको छोटो अवधिमा नै उल्लेख्य प्रगती गर्न सफल भएकोमा प्रशंसा गर्दै विश्वविद्यालय मार्फत अन्तर्राष्ट्रियस्तरका जनशक्ती उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रदेशको सम्भावना, आवश्यक्ता र सरकारले लिएको विकासको लक्ष्य प्राप्तीगर्न विश्वविद्यालय सहायक हुनेमा आफू ढुक्क रहेको उल्लेख गरे । 

विश्वविद्यालयका उपकुलपती प्रा.डा.नवराज देवकोटाले विश्वविद्यालय स्थापनको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयले स्नातक तहमा खेलकुद, सूचना तथा प्रविधी र मेडिसिन गरी तिन वटा विषयमा पठन–पाठन सुचारु गरेको बताउँदै भने–“विश्वविद्यालय स्थापनाको प्रारम्भिक चरणमा नै ठोस नितिका साथ आफ्ना योजनाहरु तर्जुमा गर्दै अघि बढ्न सफल भएको छ ।” सो अवसरमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा.कैलाश तिमिल्सिनाले समतामुलक नमुना विश्वविद्यालयको रुपमा गण्डकी विश्वविद्यालयको रुपमा स्थापित गर्ने सँगै विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक हवको रुपमा अघि बढाउन विश्वविद्यालय अघि बढेको बताए । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?