Monday November 28, 2022

नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट ग्रुपद्वारा लाभांश वितरण

४ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 1985


नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट ग्रुपद्वारा लाभांश वितरण

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा सन्चालित नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्टले आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गरेको समाचार छ। गत हप्ता एनसिआईको आइतबार सम्पन्न सातौँ साधारण सभाले आफ्ना शेयर सदस्यहरुलाई सन् २०२० को लागि लाभांश दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार शुक्रबार सदस्यहरुलाई लाभांश वितरण गरिएको अध्यक्ष मोहन गुरुङले जानकारी दिनुभयो।

 


अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको सो साधारण सभाको उदघोषण र सन्चालन सचिव मुकुन्द बाँस्तोलाले गर्नुभएको थियो। संस्थाका कोषाध्यक्ष एलएन पाण्डेले संस्थाको प्रगति बिबरण र हरहिसाब अधिबेसनमा पेश गर्नुभएको थियो।

एनसिआई सन् २०१४ मा प्लमस्टेडमा स्थापना भएको फाइनान्सीयल संस्था हो। यसका बोर्ड सदस्यहरुमा अध्यक्ष मोहन गुरुङ, सचिव डा मुकुन्द बाँस्तोला, कोषाध्यक्ष एलएन पाण्डे, सदस्यहरुमा तिलक भट्टराई, सुशील प्रजापति र टीकाराम सापकोटा रहेका छन् ।

एनसिआईले बेलायतमा प्रोपर्टीमा लगानी गरेको छ भने नेपालमा सोलार फार्म र एग्रो फर्ममा लगानी गरेको छ। एनसिआईले हरेक वर्ष आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गर्ने गरेको छ। कोभिड १९को विश्वव्यापी महामारीको बाबजुद एनसिआईले नाफा आर्जन गरिरहेको छ



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?