Wednesday December 01, 2021

पोखरेली मञ्च युकेको बार्षिक कार्यक्रमः २०२२ मार्चमा अधिवेशन

५ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम 1081


पोखरेली मञ्च युकेको बार्षिक कार्यक्रमः २०२२ मार्चमा अधिवेशन

शितलपाटी न्यूज  । खेलकुद र सामाजिक क्षेत्रमा आफ्नौ विशिष्ट पहिचान बनाउन सफल युकेमा रहेका पोखरेलीहरुको साझा संस्था पोखरेली मञ्च युकेले विभिन्न कार्यक्रमहरुको तर्जुमा गर्दै वार्षिक कार्यक्रम प्रकाशित गरेको छ ।

पोखरा म्याराथनको समेत अन्तर्राष्ट्रिय पार्टनर संस्थाको रुपमा रहेको पोखरेली मञ्च युकेले आफ्ना वार्षिक कार्यक्रम प्रकाशित गर्दै संस्थाको वार्षिक साधारण सभा आगामी २६ मार्च २०२२ बेजिङ्गस्टकमा गर्ने तय गरेको हो । मञ्चका अध्यक्ष मान प्रसाद गुरूङका अनुसार विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण रोकिएका विभिन्न कार्यक्रमहरु समेत सन २०२२ का लागि तय गरेको बताए । मञ्चले अधिवेशन सम्पन्न गर्न मेजर खुशीमान गुरुङ एमभिओ (वेल्स)को संयोजकत्वमा हरिकुमार गुरुङ (काजी) र हरि श्रेष्ठ सदस्य रहेको विधान समिति गठन गरेको छ भने मञ्चले खेलकुद अक्षय कोष गठन गर्ने भएको अध्यक्ष गुरुङले जनाएका छन् । उक्त कोषको संयोजकमा मेजर खुशीमान गुरुङ ‘एमभिओ’ र सदस्य सचिवमा लालप्रसाद गुरुङलाई जिम्मेवारी दिइएको छ । यसै गरी मञ्चले पोखरास्थित विशेष सल्लाहकारमा मेजर लक्ष्मीप्रसाद गुरुङ ‘एमभिओलाई मनोनित गरेको छ । 

मञ्चका अध्यक्ष गुरूङका अनुसार पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोगार्थ परोपाकारी रात्री भोज ‘च्यारिटी डिनर’ शनिबार २९ जनवरी २०२२ बेजिङ्गस्टकमा गर्ने भएको छ भने युकेमा समेत नेपालीहरु माझ नेपाली नयाँ वर्ष मनाउन ‘नेपाली नयाँ वर्ष दौड’ गर्ने भएको छ । युके बेजिङ्गस्टकमा शनिबार १६ अप्रिल २०२२ मा तय भएको उक्त कार्यक्रममा युवा खेलाडीहरुलाई खेलतर्फ आकर्षण गराउने सँगै नेपाली नयाँ वर्षको महत्वका बारेमा जानकारी दिने उद्धेश्य राखिएको छ । “यतिबेला नेपाली युवाहरुलाई आफ्नो संस्कृती र पर्वहरुको बारेमा बुझाउन आवश्यक छ,” अध्यक्ष गुरुङले भने–“हाम्रा पिता पुर्खाहरुले मान्दै आएका चाड र विशेष दिनबारे जानकारी दिन अपरिहार्य भइसकेको छ ।” वार्षिक कार्यक्रम अन्तर्गत मञ्चले आयोजना गर्ने उक्त कार्यक्रम भने नितान्त नौलो हो ।

यसै गरी मञ्चले हरेक वर्ष गर्दै आइरहेको नेपाल कप टि–२० क्रिकेट प्रतियोगिता युके रिडिङ्ग जुलाई २ र ३, २०२२ मा आयोजना गर्न सकिने बारे प्रारम्भिक मिती तय गरिएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् भने पोखरेली मञ्चले आयोजना गर्दै आएको हाइक फर नेपाल इन वेल्स, (चार दिने फेमिली हाईकिङ्ग एन्ड क्याम्पिङ्ग) बिहिवार ४ अगस्ट देखि ७ अगस्ट २०२२ मा गरिने भएको छ । (पोखरा स्पोर्टसबाट)




मतहरू

China Reactive Dark Blue M-2GE suppliers

Emmerhoed met grote rand China Reactive Dark Blue M-2GE suppliers

High Purity Rubber Grade Zinc Oxide Quotation

Edc Pouch High Purity Rubber Grade Zinc Oxide Quotation


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?