Wednesday December 01, 2021

एनआरएनए यूके नयाँ कार्य समितिको १०० दिन भब्य,सल्लाहकारहरूलाई सम्मान

६ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 1240


एनआरएनए यूके नयाँ कार्य समितिको १०० दिन भब्य,सल्लाहकारहरूलाई सम्मान

शीतलपाटीन्युज डटकम।
लन्डन। गैर आवासीय नेपाली संघ युकेको नयाँ कार्य समितिले १०० दिन पुरा गरेको अवसरमा स्मारिका विमोचन,च्यारिटी तथा सल्लाहकारहरुलाई सम्मान गर्दै भब्य रूपमा  गरेको छ। सो अवसरमा प्रमुख अतिथि घले,संस्थाका पदाधिकारीहरु तथा प्रमुख सल्लाहकारहरुले संयुक्त रुपमा ‘एनआरएन भ्वाइस’ स्मारिकाको विमोचन गरेका थिए। उक्त स्मारिकाबारे एनआरएनए युकेका प्रवक्ता भरतमणि चोङ्गबाङ्गले प्रस्तुति दिएका थिए। 


एम्पारहल खचाखच भरिएको एनआरएन युकेको अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा भयको उक्त कार्यक्रमको महासचिव खुसी लिम्बुले संचालन गरेका थिए भने संयोजन उपाध्यक्ष गोविन्द खरेलले गरेका थिए। एनआरएनए युकेका उपाध्यक्ष नारायण कंडेलले प्रमुख अतिथि डा.शेष घले,विशेष अतिथि श्रीमती जमुना घले लगायत सबै पाहुनाहरुलाई स्वागत गरेका थिए।


एनआरएनएो युके नया कार्यसमितीको १०० दिन पुगेको अवसरमा आयोजित समारोहलाई गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले संस्था निस्पक्षता हुनु पर्ने बताएका थिए। उनले विधान भन्दा माथि कोहि पनि नरहेको भन्दै सबैले विधानको पालना गर्नु पर्नेमा जोड दिए।  कुनै पनि व्यक्ति संस्थाको नियम र पद्धति भन्दा माथि नहुने भन्दै त्यो कुरा सबैले बुझ्नु पर्ने बताए।  एनआरएनए एउटा संजाल हो, यो संजालमा १०० दिनमा एनआरएनए यूकेले धेरै राम्रा कामहरु गरेको छ, अरु एनसीसीहरुका लागि पनि यो कुरा उदाहरणको रुपमा रहोस भन्ने धारणा व्यक्त गरेका थिए।


त्यस्तै कार्यक्रममा अर्को बक्ता एनआरएनएका केन्द्रीय सल्लाहकार कुल आचार्यले संघमा विभिन्न बहानाबाजी बनाएर अक्टोबरमा गर्नु पर्ने अधिवेशन र चुनाव सार्ने काम गरिएकोमा आपत्ति जनाएका थिए।  “हामी चुनाव र अधिवेशनका लागि तयार छौं,तर कसैलाई जिताउन वा हराउनका लागि गरिएको बहानाबाजीबाट हामी सचेत रहेको बताएका थिए।“


केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले गैर आवासीय नेपाली नगरिकता,सम्पत्तिको सुरक्षा,सुरक्षित वैदेशिक रोजगार जस्ता सवालहरुमा नेपाल सरकारसंग मिलेर काम गर्नु पर्ने बताउदै सरकारसंग निहुँ खोज्ने काम गर्न नहुने पनि जनाए। आफुले बेलायतबाटै एनआरएनएको रुपमा यात्रा शुरु गरेको जनाउदै एनआरएनएमा आयका बिसंगतीलाइ र थाती रहेका मुद्दा कार्यान्वयन गर्न आफ्नो  उम्मेदवारी जरूरी भएको भन्दै सबैले आफुलाई मत दिएर असल एनआरएनए बनाउन सहयोगका लागि आग्रह गरे। 


एनआरएनए युकेका प्रमुख संरक्षक शेर सुनारले संबोधन गर्दै नेपाली नागरिकताको निरन्तरता र सम्पत्तिको अधिकारका लागि एनआरएनए युकेले नेपाल सरकारसंग पहल गरिरहेको जनाए।साथै एनआरएनए र गोरखाको सम्बन्ध नङ र मासुको भयकोले एक ढिक्का भएर अगाडि बढ्न सल्लाहा दिएका थिए।


कार्यक्रममा संबोधन गर्दै एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले सबै नवनियुक्त सल्लाहकारहरुलाई ब्रिटिश राज परिवारले जस्तै संस्थालाई सुझाव सल्लाह दिन र संस्थाको गरिमा बढाउने कार्यमा सहयोग गर्न आग्रह गरेका थिए। कार्यसमिति सदस्य आवेश राईले ‘ओपन एनआरएनए’ बारे एक प्रस्तुति दिंदै एनआरएनए सम्बन्धि छोटो हाजिरी जवाफ प्रतियोगिता पनि संचालन गरेका थिए। सो अवसरमा प्रमुख संरक्षक शेर सुनार तथा पूर्व अध्यक्षद्वय कुल आचार्य एवं मुछेत्र गुरुङ रहेको संरक्षक परिषद गठन गरिएको घोषणा गरियको थियो। यसै गरी संस्थाका मनोनित (को-अप) सदस्यहरु प्रवक्ता भरतमणि चोङ्गबाङ्ग,आवेश राइ,हितकाजी गुरुङ,ज्ञान्जु शेर्पा तथा क्षमता ढकाललाई सम्मानित गरिएको थियो।

एनआरएनए युकेका अध्यक्ष गाहा मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा यति एसोसियसन युकेका अध्यक्ष ध्रुव केसी,लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल,नवनियुक्त सल्लाहकार तथा वाटर एड युकेसंग आवद्ध जन स्वास्थ्यविद् डा.ओम गौतम लगायतका वक्ताले शुभकामना दिएका थिए।

समाजसेवीहरु,बिभीन्न संसस्थाका प्रमुहरु, एनआरएन युके उपाध्यक्षहरु,बेलायतमा सकृय रहेका नेपाली पत्रकारहरुको उल्लेखनिय उपस्थिती रहेको सो कार्यक्रममा भर्खरै खुलेको एउटा रेमिट्यान्स कम्पनी, ट्याप ट्याप सेन्ड मार्फत उठेको रकम नेपालको लोकप्रिय कार्यक्रम इन्द्रेणी, मानव सेवा आश्रम लगायतका संस्थाहरुलाई पठाइने समेत अध्यक्ष गाहा मगरले जनाएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?