Wednesday December 01, 2021

एनपीसीसी युकेको अधिवेसनमा युवराज सिंह सभापतिमा उम्मेदवार हुदै

७ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 1146


एनपीसीसी युकेको अधिवेसनमा युवराज सिंह सभापतिमा उम्मेदवार हुदै

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली काँग्रेसको प्रवासस्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) युकेको यही शनिबार हुन लागेको अधिवेसनमा युवराज सिंहले सभापतिमा उम्मेदवारी दिने भएका छन् ।


वर्तमान उपसभापति रहेका युवराज सिंह नेपालको विद्यार्थी राजनीतिमा सक्रिय थिए। उनले नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यको रुपमा काम गरेका थिए। स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भई २०५६ देखि २०६३ सालसम्म नेपाल कमर्श क्याम्पस, मीनभवनको ईकाई सभापति, २०५५ मा सोहि क्याम्पसको स्ववियु सहसचिवमा निर्वाचित र २०६० सालमा स्ववियु सभापतिको उम्मेदवार रहेका सिंह २०६० सालमा कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय उपसभापतिको जिम्मेवारी समेत सम्हाली सकेका छन्। युवराज सिंहले पार्टीको १३औ महाअधिवेशनमा महाधिवेशन प्रतिनिधि भै भाग लिनु भएको छ।

बेलायत बसाईको सुरुवात देखि नै जनसम्पर्क समितिमा जोडिएर निरन्तर रुपमा क्रियाशील भई त्याहा स्थित नेपालीहरुको हकहितको निम्ति काम गर्दै आएका सिंह राजनीतिक र सामाजिक व्यक्तित्वका कारण लोकप्रिय छन्।

सभापतिका प्रत्यासी सिंहले जनसम्पर्क समिति युकेलाइ आफूले एकढिक्का बनाएर नेतृत्व दिन सक्ने दावी गरे। उनले नेपाली कांग्रेसलाई अझ सशक्त र क्रियाशील बनाउन बेलायतवासी राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई समन्वय गरि पार्टीलाई रचनात्मक सहयोग पुर्याउन आफूले सभापतिमा उमेद्वारी दिएको दावी गरे।
(Source: rightnepa.coml)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?