Wednesday December 01, 2021

प्रतिनिधी छनोटमा लोकतान्त्रिक खेलकुदका शेरचन र पोखरेल पराजित

८ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम 1024


प्रतिनिधी छनोटमा लोकतान्त्रिक खेलकुदका शेरचन र पोखरेल पराजित

शितलपाटी न्यूज । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन प्रतिनिधी छनोटमा लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचन र लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेल पराजित भएका छन ।

कास्की क्षेत्र नं ३ बाट प्रत्यक्ष खुल्लातर्फ उम्मेदवार रहेका शेरचन ३०२ मत प्राप्त गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधी छनोटमा पराजित भएका हुन् । उक्त निर्वाचन खुल्लातर्फ १० जना छनोट हुनुपर्नेमा अध्यक्ष शेरचन ११ औं स्थान प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दीले ३१४ मत प्राप्त गरी छनोट भएका छन् ।

यस्तै कास्की क्षेत्र नं १ ख बाट प्रदेश अधिवेशन प्रतिनिधीको उम्मेदवार रहेका लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेल समेत पराजित भएका छन् । उनी प्रतिनिधी छनोटमा ७ मतले पराजित भए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?