Wednesday December 01, 2021

राखेपका पूर्व उपाध्यक्ष टेण्डीको निधन

८ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम 1047


राखेपका पूर्व उपाध्यक्ष टेण्डीको निधन

शितलपाटी न्यूज । राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार निधन भएको छ ।

तीन वर्षदेखि अस्वस्थ्य रहेका ५० वर्षिय टेण्डी बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा उपचारको क्रममा निधन भएको हो । नसा सम्बन्धी रोगले विगत तिन वर्ष थला परेका उनी अमेरिका, भारत र चीनमा गएर उपचार गराएका थिए ।

उनको आज नै बौद्धस्थित शेर्पा गुम्बामा उनको अन्तिम संस्कारको गरिने भएको परिवारले जनाएको छ । अमृत साइन्स क्याम्पसका पूर्व सभापति समेत रहेका उनले नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए । टेण्डीका बुवा, आमा, दुई दाई र बहिनी छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?