Wednesday December 01, 2021

कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप 

८ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम 1050


कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप 

शितलपाटी न्यूज । कास्कीमा १२ वर्षभन्दा माथिका किशोरकिशोरी लगाइने कोरोनाविरुद्धको फाइजर खोप एक हजार ९२० जनाले  लगाएका छन् । कास्कीमा पहिलो चरणमा उपलब्ध दुई हजार १०० खोपमध्येसम्म मङ्गलबारसम्म एक हजार ९२० जनाले लगाएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोरोना फोकल पर्सन डा शरद बरालले जानकारी दिनुभयो ।  

उहाँका अनुसार जिल्लामा गत कात्तिक २८ देखि यही मङ्सिर ३ गतेसम्म उक्त उमेर समूहका दीर्घरोगीलाई प्राथमिकता दिएर प्रदान गरिएको र बाँकी अरू किशोरकिशोरीका लागि प्रदान गरिएको थियो । उहाँले  बाँकी खोप आज प्रदान गरिने बताउनुभयो ।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२  हजार ८४३ रहेका छन् ।  पहिलो चरणमा भाइजर खोप गण्डकी प्रदेशका कास्की र धौलागिरिका दुई अस्पतालबाट  सञ्चालन  गरिएको हो  । धौलागिरिमा बुधबारसम्म एक हजार ९६ जनाले लगाएका छन् ।  

अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप नेपालमा पहिलो चरणमा एक लाख ६२० खोप देशका विभिन्न २५ वटा अस्पताललहरुमा सञ्चालन भएका छन् । यो खोप नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा दिइएको छ । अहिलेसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ । (पोखरा स्पोर्टसबाट)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?