Wednesday December 01, 2021

ग्रेटर रसमुर नेपाली कम्युनिटीले गर्यो नव नियुक्त सल्लाहाकारहरुको स्वागत

१० मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 1151


ग्रेटर रसमुर नेपाली कम्युनिटीले गर्यो नव नियुक्त सल्लाहाकारहरुको स्वागत

शीतलपाटीन्युज डटकम।
लण्डन। ग्रेटर रसमुर नेपाली कम्युनिटीको नया कार्यसमितीले नव नियुक्त सल्लाहकारहरुलाई गत हप्ता एक स्वागत गरेको छ।


कम्युनिटीका अध्यक्ष मानबहादुर गुरुङले नवनियुक्त सल्लाकारहरुलाई खादा लगाई स्वागत गरेक हो। उनले कम्युनिटीका नवनियुक्त सदस्यहरुलाई पनि खादा लगाई स्वागत गरेका थिए। कार्यक्रममा हेल्थ एण्ड सेफ्टी ब्रिफिङ संचालक डा.विशाल गुरुङले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष मिया डंगोल केसीले गरेकी थिइन।


रसमुर बोरो काउन्सिलका लिडर डेविड क्लिफ्फोर्ड, काउन्सिलर क्रिस्ताइन गुइनेस्स र पूर्व अध्यक्ष काउन्सिलर जीव बेलबासेले संबोधन गरेको उक्त कार्यक्रम रसमोर बरो काउन्सीलको चेम्बरहलमा भयको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष मान गुरुङले संस्थाको बारेमा,कार्यनीति,दुरदर्शिता र सल्लाहकारहरुको साथ र सहयोग भैपरी आउने बेलामा दिन हुन अनुरोध गर्नुको साथै हल तथा चियापान ब्यवस्थापन गरिदिनु हुने पूर्व अध्यक्ष काउन्सिलर जीव बेलबासेले अन्य अतिथिहरुलाई धन्यवाद दिएका थिए।


निवर्तमान अध्यक्ष रामधन राईले हेण्डवभर र अध्यक्ष मान गुरूङले टेकन ओभर समेत गर्नु भयको    कार्यक्रमको संचालन सचिव डा.विशाल गुरुङले गर्नु भयको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?