Wednesday October 28, 2020

पहिरोको जोखिममा म्याग्दी खोरियाका एघार घर

९ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1263



शीतलपाटीन्युज डटकम।

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका– २ खोरियामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् ।

खोरियाको कमेरीखोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा पर्नुका साथै ८९ घरधुरीलाई दैनिक कार्य गर्न र विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको स्थानीयबासी ज्ञानबहादुर पाइजाले बताए।

निरन्तरको पहिरोका कारण जोखिम मोलेर आवतजावत गर्नुपर्ने भएकाले उक्त वडाका वडाध्यक्ष गमप्रसाद विश्वकर्माले स्थानीयबासीलाई सर्तकता अपनाउन अनुरोध गरिएको बताए । बर्खा रोकिएपछि पहिरो नियन्त्रणको काम गरिने उनको भनाइ थियो ।

यसैबीच सोही वडाको जुगेपानीको पहिराले पदमार्ग बगाएपछि स्थानीयबासी पाँच मिनेटको बाटो पार गर्न ३० मिनेट घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन् । गाउँपालिकाको केन्द्र मुनादेखि लमसुङ जाने बाटोमा पर्ने जुगेपानीमा करीब १०० मिटर पदमार्ग पहिरोले बगाएपछि धनमाने, खोरियाका बासिन्दालाई कमेरीखोल्साको घुमाउरो बाटो हिड्नुपर्ने भएको हो ।

अर्बुद्ध रोग पीडितकालागि सहयोग सङ्कलन

फोक्सोको अर्बुद्ध रोगबाट थलिएकी एक महिलाको उपचारमा सहयोग जुटाउने अभियान थालिएको छ ।

रघुगङ्गा गाउँपालिका–१ बेग घर भई हाल जलजला गाउँपालिका–३ पर्वत बेनीमा बस्दै आएकी ४२ वर्षीया खिमकुमारी शर्मा उक्त रोगबाट पीडित भएको र आर्थिक अभवका कारण उपचारमा समस्या भएपछि लायन्स क्लब अफ बेनी मल्लाजले सो अभियान शुरु गरेको हो ।

काठमान्डौको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेकी शर्माका लागि एकै दिनमा रु ९० हजार सहयोग जुटेको क्लबका अध्यक्ष श्रीलाल चापागाईंले जानकारी दिए।

हालसम्म रु नौँ लाख खर्च भइसकेको र चिकित्सकले उपचारका लागि रु ८० लाख आवश्यक पर्ने बताएकाले आर्थिक सहयोग गरेर श्रीमतीको जीवन बचाइदिन शर्माका श्रीमान् फणेन्द्र आचार्यले आग्रह गरे।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?