Monday August 08, 2022

कास्की कांग्रेसको सभापतिमा किशोरदत्त बराल विजयी

१२ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 2410


कास्की कांग्रेसको सभापतिमा किशोरदत्त बराल विजयी

शीतलपाटीन्युज डटकम।
पोखरा। नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन्। शनिबार भएको दोस्रो चरणको मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन्। शुक्रबार भएको मतदानको परिणाम अनुसार ५ जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार फेरि बराल र भट्टराई बीचमात्रै प्रतिस्पर्धा रहने गरी मतदान भएको थियो।

शनिबारको मतदानबाट बरालले ५० प्रतिशत मत कटाएका हुन्। नेपाली कांग्रेसको विधानले जिल्ला सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था गरेको छ। बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका थिए। १९२६ मत खसेको थियो। ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराईबीच शनिबार निर्वाचन भएको हो। बराल र भट्टराईबीच १ सय ७५ मतको फरक थियो।

कास्की कांग्रेसमा २०८८ मतदाता थिए। पुन मतदानमा शनिबार १९२६ मत खसेको थियो। तर शुक्रबार तीमध्ये २ हजार २५ जनाले मात्रै मतदान गरेका थिए। ४७ मत भने बदर भएको थियो। नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था गरेको छ।

शुक्रबारको मतदान परिणाम अनुसार बराल र भट्टराई पहिलो र दोस्रो बने भने भट्टराईभन्दा केवल ७ मतका कम आउँदा आइबहादुर गुरुङ तेस्रो भए। केही शीर्षस्थ नेताहरुको साथ पाएका गुरुङ दोस्रो चरणको मतदानमा भाग लिनबाटै बञ्चित भए। चौथो भएका पोषनाथ शर्माले ३ सय ३५ र गिरीराज गौतमले ६३ मत ल्याएका थिए।
(समाधान न्युज)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?