Friday January 21, 2022

यती नेपाली एसोसियसन युकेले गर्यो सभाहल भवन खरिद गर्न अन्तरक्रिया

१४ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 1216


यती नेपाली एसोसियसन युकेले गर्यो सभाहल भवन खरिद गर्न अन्तरक्रिया

शीतलपाटीन्युज डटकम।
हेरो, लण्डन। यती नेपाली एसोसियसन युकेको आयोजनामा गत आइतवार हेरो लण्डनस्थित  गोल्डेनसीप रेष्टुरेन्टको सभाहलमा एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ। बेलायत कै सबैभन्दा पहिलो र पुरानो प्रतिष्ठित यती नेपाली एसोसियसन युकेको योजना अनुसार सभाहल भवन खरिद गर्न अन्तरक्रिया सम्पन्न भयको हो।


सामाजिक सेवामा अग्रपंक्तिमा रहेको प्रतिष्ठित  नेपाली संस्था यती एसोसियसन युके युरोप कै पहिलो सामाजिक संस्था हो। एसोसियसनले बेलायतमा रहेका नेपालीहरू र नेपाली समाजले भाडामा लिएर कार्यक्रम संचालन गरिरहेको अवस्थालाई मध्येनजर राख्दै सजिलो र सुबिधाका लागी  सभाहल भवन खरिद गर्ने योजना अघि बढाएको र सो अन्तरक्रियामा यती नेपाली एसोसियसन युके,यती लण्डन फाउण्डेसन युके,कोडेक युके,नेपाली ब्रिटिस कम्युनिटी युके,नेप्लिज एकाउन्टेन एसोसियसन युके, नेपाली महिला एसोसियसन युके, नेपाली साहित्य बिकास परिषद युके, क्याटरीङ एसोसियसन युके,कोशेली सास्कृतिक परिवार युकेले भाग लिएको थियो।

 


यती नेपाली एसोसियसन युकेका अध्यक्ष ध्रुव केसीले सभाहलको योजना,बजेटको अवस्था, संघसंस्थासंगको सहभागिता र हालसम्म गरिएका प्रयासका बारेमा कार्यक्रममा प्रस्तुत गर्नु भयको थियो। सरकारले पनि समाजमा राम्रो काम गरेका सामाजिक संस्थाहरूलाई सहयोग गर्ने र  प्रपोजल बनाएर सरकारलाई बुझाउन सके आर्थीक सहयोग पाइने कार्यक्रममा उपस्थित डा श्याम चन्दले बताउनु भयको थियो। कार्यक्रममा उपस्थित उल्लेखित सहभागी संस्थाका बरिष्ठ समाजसेवीहरूले यती नेपाली एसोसियसन युकेको योजना राम्रो रहेको र सफल योजनामा सहयोग गर्न तत्पर रहेको सबैले जनाउनु भएको थियो।

 


साथै खरिदका लागि  सभाहल छनौट, नामाकरण,आर्थिक संकलन,मरमत र संचालन गर्न यती नेपाली एसोसियसन युकेका अध्यक्ष ध्रुव केसीको संयोजकत्वमा यती एसोसियसन र फाउण्डेसनबाट उमेश राज मोक्तान र बिजय थापा,नेप्लिज एकाउन्टेन एसोसियसनबाट शसीधर नेपाल र दामोदर आचार्य,कोडेकबाट डा ओम प्रकास देव र टंक भट्टराई, नेप्लिज ब्रिटिस कम्युनिटी युकेबाट राजेन्द्र ओझा, रविन्द्र अधिकारी र कमल पौडेल,डा श्याम चन्द्र समेत रहेको टास्कफोर्स गठन गरिएको र सचीवको काम बाचस्पति रेग्मीले गर्ने निर्णय भयको छ। टास्कफोर्सले आफ्नो काम यथाशीघ्र शुरू गर्ने निर्णय भयको छ।

नेपाली समाजको उत्तरोत्तर बिकासका लागि सकारात्मक सोच राख्ने समुहद्वारा यती नेपाली एसोसियसन युकेका अध्यक्ष ध्रुव केसीको अध्यक्षतामा सम्पन्न भयको सो अन्तरक्रियामा बेलायतका लब्धप्रतिष्ठित समाजसेवीहरू सोलिसिटर राजु थापा,डा श्याम चन्द,उमेश राज मोक्तान,बिजय थापा,बिष्णु वाग्ले, शंकर दाहाल,आरती श्रेष्ठ,आर एस श्रेष्ठ,शसीधर नेपाल,सरोज सापकोटा,दामोदर आचार्य,अनील लामिछाने,हरि सिंह थापा, मदन थापा,प्रकास ढुङ्गाना,देव गुरुङ, कमल पौडेल, कमल राज खनाल,राजेन्द्र ओझा,रबिन्द्र अधिकारी,बाचस्पति रेग्मी उपस्थित रहेको अन्तरक्रिया कार्यक्रम भब्य भयको र बेलायतमा नेपाली समाजको हितमा रहेको कुरा अध्यक्ष ध्रुव केसीले बताउनु भयको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?