Friday January 21, 2022

पोल्याण्डमा एउटा कार्यक्रम र अनुभव

१४ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 1234


पोल्याण्डमा एउटा कार्यक्रम र अनुभव

उत्तम राज चालिसे पोखरेली,
हाल वार्सा, पोल्याण्ड।

बार्सा,पोल्याण्ड। यही २५ नोभेम्वरमा नेपाल-पोल्यान्डको कुटनैतिक सम्वन्ध गॉसिएको ६२ वर्षगॉठको अवसर पारेर ‘पोलिश-नेप्लिज फाउन्डेशन’ को समुद्घाटन समारोह पोल्यान्डको राजघानी वार्सासंग जोडिएको शहर रासिनमा राखिएको थियो। सो कार्यक्रममा यसै शहरका वर्तमान मेयर,पोल्यान्डका पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री,भारतका लागी पूर्व पोलिश राजदुत,पोल्यान्डका परराष्ट्र मन्त्रालयका प्रतिनिधी,युरोपियन क्यान्सर सेन्टरका विभागिय प्रमुख, प्रतिष्ठित व्यापारी,मेडियाका प्रधान संपादक,  राशिन कल्चर सेन्टरका निर्देशक लगायत विशिस्ठ पोलिश नागरिकहरु र नेपाली विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधीहरुको उपस्थिती थियो। कोभिडलाई ध्यानमा राखि केवल ५० जना मात्र पोलिश र नेपाली समाजका महत्वपूर्ण व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको थियो। जस्का लागी २०० जना क्षमताको व्यवस्थित स्टुडियो रोजिएको थियो। कार्यक्रम पश्चातको १ घन्टा खानपिन र भलाकुशारी शुभकामना आदान प्रदान र फोटोका लागी छुटै ग्यालरीमा गरिएको थियो ताकी दुरी कायम गर्न सहज होस्।

त्यतिका महत्वपूर्ण व्यक्तिहरुको उपस्थितीमा पनि कुनै आशन ग्रहण थिएन। मन्चमा कसैलाई सिट राखिएको थिएन, केवल वक्तामात्र। वक्ताले अर्का वक्तालाई माईक र फ्लोर हस्तान्तरण गरिएको थियो। प्रस्तोताहरु पनि आफ्नो जिम्मेवारी निकै प्रभावकारीताका साथ निभाएका थिए। कार्यक्रमको शुरु नै फाउन्डेशनका अध्यक्ष (एनआरएनए पोल्यान्डका संस्थापक अध्यक्ष) डा वोध राज सुवेदीले पोलिस भाषामा स्वागत गर्नुभएको थियो भने फाउन्डेसनका काउन्सिल सदस्य डा एलिनी पोखरेल सुवेदीले नेपाली भाषामा स्वागत गर्नुभएको थियो। डा वोधराज सुवेदीले पोल्यान्ड-नेपाल सम्वन्धकाका आधारहरु र कुटनितिक सम्वन्धका ईतिहास वारे प्रकाश पार्नुभो। विशिष्ठ अथितीहरु दर्शक दिर्घाको आफ्नो सिटवाट कार्यक्रमको अन्ततिर फ्लोर खुला गरेपछी उठेर आफ्नो परिचय दिएर आफ्नो भनाईहरु राख्नुभएको थियो। सवैजना अति नम्र,शालिन र सरल देखिन्थे। कसैमा कुनै अहमता देखिएन। उनीहरुका समिपमा सुरक्षाकर्मी वा सहयोगी कोही थिएनन् ।

उक्त समारोहमा उपाध्यक्ष युआना स्मोर्चुस्का भोईसले फाउन्डेसनका पहिलो वार्षिक योजनाहरूको बारेमा जानकारी गराउनुभएको थियो। वार्सा मेडिकल विश्वविद्यालयकि प्राध्यापक डाक्टर मार्ता मास्केले नेपालका वहुआयामीक तथ्य,तथ्याडंकहरु र फाउन्डेसनका लक्ष्यहरू निकै प्रभावकारी ढंगले प्रस्तुत गर्नुभएको थियो। ट्रष्टिहरु मार्चिन भोईस र स्वाभोमिर भाज्यौंखोप्स्किले कार्यक्रमको पूर्णरुपमा व्यवस्थापन गर्नुभएको थियो। जर्मनी स्थित पोल्यान्डका लागी नेपाली राजदुत महामहीम रामकाजी खड्काले भिडीयोवाट सम्वोधन गर्नु भएको थियो भने पोल्यान्डका अनररी कन्सुलर लोकमान गोल्छाले चिठीवाट संदेश पठाउनु भएको थियो, जुन पढेर सुनाईएको थियो। सुस्मिता तुलाधरले राष्ट्रप्रेमले भरिपूर्ण नृत्य देखाउनुभएको थियो भने योगा प्रशिक्षक सोनु गुरुडंले नेपाली संस्कृतीको सिडंगिडं वल साउन्ड हिलिडं र होलिस्टक पाटो छोटकरीमा प्रस्तुत गर्नुभएको थियो। यतीका सवै काम केवल १ घन्टामा समेटिएको थियो। वॉकी १ घन्टा खानपिन,गफगाफ,परिचय,फोटो सेसन, कलाकृती भेषभुषा इत्यादि देँखाउदै रमाईलो गरि सकियो।

उपस्थित विशिष्ठ व्यक्तिहरुमा वर्तमान रासिन शहरका मेयर आन्जे जारेम्वा,पोलिश-एशियन च्याम्वर अफ कमर्सको वर्तमान अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा अर्थ मन्त्रि यानुस पेखोचिन्स्की,दिल्ली स्थित पोल्यान्डका पूर्व राजदुत तोमास उकासुक,परराष्ट्र मन्त्रालयका प्रतिनिधी रीमती मारिया उकासुक, कल्चर सेन्टरका डाईरेक्टर मारियुस् स्मोलिखा, ईन्फरमातोर माजोभिया मेडियाको प्रधान सम्पादक रोमान गेम्वासेव्स्कि,सफल व्यापारी मारेक भुईचिक, युरोपियन हेल्थ सेन्टर, सर्जिकल अन्कोलोजी डिपार्टमेन्ट प्रमुख नासेर दिव,ईनास ग्लोवलका उपाध्यक्ष तथा पानी अभियान कर्ता मित्रलाल पार्दे, नेपाली विजनेश यसोसियसनका अध्यक्ष डा उदय देव आचार्य,जनसंपर्क समिती पोल्यान्ड सभापति डा एलिनी पोखरेल,प्रवासी मंचको संयोजक टंक कटुवाल,एनआरएनए एनसिसि पोल्यान्ड महासचिव पवन खड्का,ईनास पोल्यान्ड अध्यक्ष रिता न्यौपाने रहनु भयको थियो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?