१५ मंसिर, २०७८
शीतलपाटीन्युज डटकम।
१ डिसेम्बर,लन्डन। बेलायत स्थित प्रवासी नेपाली मञ्च युके द्वारा हालै सम्पन्न नेकपा एमालेको ऐतिहासिक महाधिवेशनबाट निर्बाचित नया कार्यसमितिलाई एक विज्ञप्ति प्रकाशित गरी वधाई ज्ञापन गरेको छ। अध्यक्ष सुरेन्द्र थपलिया र महासचिव सुरेशजङ्ग शाह द्वारा जारी गरिएको वधाईज्ञापन पत्रकों पूर्ण बिबरण यस प्रकार रहेको छ।
श्रद्धेय अध्यक्ष खड्गप्रसाद ओली शर्माज्यू,
नेकपा एमाले केन्द्रीय कमिटी
मार्फत:
डा.राजन भट्टराई कमरेड
प्रवास इन्चार्ज
नेकपा एमाले विदेश विभाग
विषय: वधाई तथा शुभकामना ।
आदरणिय अध्यक्ष कमरेडज्यू,
राष्ट्रीय अन्तराष्ट्रीयरूपले विशेष चासो र चर्चाको केन्द्र बिन्दुकोरूपमा रहेको देशको आवश्यक्ता र जनताकोचाहाना बोकेको पार्टी नेकपा एनालेको सम्पन्न १०औँ राष्ट्रीय महाधिवेशनबाट निर्बाचित सम्मानननीयअध्यक्षज्यू लगायत केन्द्रीय कमिटीका सम्पूर्ण पदाधिकारी र सदसस्य कमरेडज्यूहरूमा ‘समृद्ध नेपाल सुखीनेपाली’ अभियान सफल बनाउन आगामी कार्यकाल पूर्णरूपले सफल रहोस भन्ने शुभकामना अभिव्यक्त गर्दैप्रवासी नेपाली मञ्च-यूके द्वारा बेलायतमा रहेका पार्टीका आम कार्यकर्ता तथा शुभेच्छुक जनसमाजकोतर्फबाट हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछौँ र साथै विशाल जनसहभागिता बीच भब्य र प्रभावपूर्णरूपले१०औँ राष्ट्रीय महाधिवेशन सम्पन्न गराउन रातोदिन लागिपर्नु हुने महाधिवेशन आयोजक कमिटी,स्वयमसेवक कमरेडहरू र कुशलतापूर्ण निर्बाचन सम्पन्न गराउनु हुने निर्बाचन कमिटीका कमरेडहरू लगायत सहभागी सम्पूर्णप्रतिनिधि कमरेडहरूमा कार्यसम्पन्नको लागि हार्दिक सराहना र उच्च प्रशंसा ज्ञापन गर्दछौँ ।
अभिवादन सहित
सुरेन्द्र थपलिया
अध्यक्ष
सुरेशजङ्ग शाह
महासचिव
प्रवासी नेपाली मञ्च-युके
राष्ट्रीय कमिटी -2021
मिति: 30/11/2021
-----------------
वोद्यार्थ:
भक्त गुरुङ कमरेड
अध्यक्ष
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रीय कमिटी
गोविन्द पौडेल कमरेड
अध्यक्ष
प्रवासी नेपाली मञ्च युरोप महादेशी,कमिटी