Friday January 21, 2022

"नेपाली जनप्रगतिशील मंच यूकेको रास्ट्रीय सम्मेलन हुदै”

१७ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 1155


"नेपाली जनप्रगतिशील मंच यूकेको रास्ट्रीय सम्मेलन हुदै”

शीतलपाटीन्युज डटकम।
लण्डन। मिति २०२१ डिसेम्बर  १ का दिन बसेको जनप्रगतीशील मंच यूकेको सम्मेलन आयोजक समितिको बैठकले यूके मंचको चौथो सम्मेलन यही डिसेम्बर १२ आईतबारका लागि तय गरेको छ। कोरोनाको बढदो संक्रमण लाई मध्यनजर गर्दै यो सम्मेलन भर्चुयल माध्यमबाट गरीने समेत निर्णय भएको छ।

आयोजक कमिटीका अध्यक्ष एबं नेपाली जनप्रगतीशिल मंच यूकेको अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सफल बनाउनका लागि कार्य समितिका कुनै सदस्यलाई आवश्यक जिम्मेवारी तोक्न सक्ने अधिकार मोर्चा अध्यक्षलाई प्रदान गरे अनुरूप प्रचार प्रसारका लागि रास्ट्रीय कमिटी सदस्य तथा युवा विभाग प्रमुख नविन तामांगको संयोजकत्वमा २१ सदस्यीय प्रचार प्रसार उपसमिति र संघ संस्थाहरूसंग समन्वय गरी पत्रकार बन्धुहरू र संघ संस्था प्रमुखहरू लाई भर्चुयल माध्यमाबाटै भए पनि सम्मेलन सफलताको शुभकामनाका लागि आमन्त्रण गर्न रास्ट्रीय समिति सदस्य तुल छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय संघ संस्था समन्वय उपसमिति पनि गठन गरीएको छ। लामो समय देखी सम्मेलन हुन विविध कारणले नसकिरहेको संन्दर्भमा हुन लागेको यो सम्मेलन बाट आगामी २ बर्षका लागि नयां नेतृत्वको चयन गर्ने छ।

सम्मेलनमा प्रमुख अतिथीको रूपमा ने क पा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल, प्रचन्ड रहनु हुनेछ, त्यसै गरी बिशेष अतिथी ने क पा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा बिदेश बिभाग प्रमुख नारायण काजी श्रेस्ठ,अतिथीमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचीब टी बी पाठक,नेपाली जनप्रगतिशील मंच यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल, सचीब रण बहादुर खाती क्षत्री रहनु हुने कार्यक्रम तय गरिएको कुरा अध्यक्ष सुरेश गौतमले जानकारी दिनु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?