Friday January 21, 2022

नेपाली वेलफेयर सोसाइटी यूकेको दोस्रो अधिवेशनले धनबहादुर सार्की पुन अध्यक्षमा निर्वाचित

२० मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 2200


नेपाली वेलफेयर सोसाइटी यूकेको दोस्रो अधिवेशनले धनबहादुर सार्की पुन अध्यक्षमा निर्वाचित

शीतलपाटीन्युज डटकम ।
 ४ डिसेम्बर शनिवार, क्रेन युथ एण्ड एसोसिएसन,द. क्रेन सेन्टर, हेज, लन्डनमा बसेको नेपाली वेलफेयर सोसाइटी यूकेको दोस्रो अधिवेशनले धनबहादुर सार्की पुन अध्यक्षमा निर्वाचित गरेको छ। हिजो बार्षिकोत्सब सम्पन्न गर्दै नयाँ कार्यसमिति निर्वाचित गरेको हो। कार्यसमिति सदस्यमा ९ चयन गरिएको छ।

 


उपाध्यक्षमा तेजेन्द्र गुरुङ,महासचिव सम्सेर नेपाली,सचिव बुद्धि बहादुर रुचाल,कोषाध्यक्ष धबिन्द्र बौडेल,सहकोषाध्यक्ष किरण नेपाली तथा
सदस्यहरुमा सन्जय नेपाली,आशादेवी रोका,इलिजा बसेल नेपाली चुनिएका छन। सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले विशेष साँगीतिक नृत्य प्रस्तुत गरेको सो कार्यक्रममा एनआरएनए कलाकारहरु सेलिना साही,लिकोन गुरुङ,रितिका खरेल र प्रभा बिक सहभागि थिए।


नयाँ कार्यसमिति चयन गर्न गोपाल रोक,उदि नेपाली र बुद्धि बहादुर नेपाली सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो। प्रमुख निर्वाचन आयुक्त गोपाल रोकाले नयाँ कार्यसमिति चयन भएको घोषणा गर्दै शपथ खुवाएका थिएI नेपालका २१ जिल्लामा हजारौं नेपालीहरुलाई लाखौ मूल्य बराबरको खाद्य तथा आवास सामग्री वितरण गरेको यस संस्थाले ‘बाँचौं र बचाऔं अभियान’ का अभियन्ता धनबहादुर सार्कीले सञ्चालन गरेका थिय।‘हामीले संस्था स्थापना नै मानवीय सेवामूलक काम गर्नको निम्ती गरेको हौ।

 


अघिल्लो कार्यसमितिमा रहेर काम गर्दा साथ दिने र सल्लाहकारहरु र कलाकारहरु सबैलाई प्रसंसापत्र वितरण गरि धन्यवाद व्यक्त गर्दै आगामी यात्रामा प्रत्यक्ष र परोक्ष रुपमा साथ पाउनेमा आशा गरेको होI दोस्रो अधिवेशन सम्पन्न गर्नको लागि उपस्थित भइ सहयोग गर्ने कार्यसमिति,सल्लाहकार तथा संस्थाका सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिईएको थियो।


अध्यछ्य सार्की एनआरएनएको यूकेको पूर्व कार्यसमिति सदस्य र युकेमा पोस्ट अफिस बिजेनस संचालक हुन I




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?