Friday January 21, 2022

बेलायत सहित भारत र अमेरिकाका प्रस्तवित राजदुतको नाम अनुमोदन

२० मंसिर, २०७८ शीतलपाटीन्युज डटकम 1161


बेलायत सहित भारत र अमेरिकाका प्रस्तवित राजदुतको नाम अनुमोदन

शितलपाटी न्यूज । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको सोमबार बसेको बैठकले भारतका लागि प्रस्तावित डा.शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीको नाम अनुमोदन गरेको हो  समितीले प्रस्तावित राजदुतहरुबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएको थियो । 

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिएका छन् ।  यसअघि समितिको बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिमा समाबेसीताको प्रश्न उठाएर उजुरी गर्ने उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरेको थियो । 

भारत, अमेरिका र बेलायतमा यसअघि रहेका राजदूतहरु नीलाम्बर आचार्य, डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई सरकारले फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहदै आएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?