Friday January 21, 2022

पोखराकी ९ बर्षिया प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि छनोट

२१ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 2926


पोखराकी ९ बर्षिया प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि छनोट

शीतलपाटीन्युज डटकम।
नेपाल। म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँ हुदै पोखरा बिलौना बस्दै आएकी बाल अभियन्ता प्रेन्सा रेग्मीलाई ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२’ का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा छनोट भएकी छन्। विश्वभरका ६८ भन्दा बढी देशहरूका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा असीमित प्रतिभाकी धनी,बाल सामाजिक अभियन्ता रेग्मी छनौट भएकी हुन् ।

 


सामाजिक कार्यमा सक्रिय रहेकी रेग्मीलाई संस्थाका अध्यक्ष तथा कार्यकारी प्रमुख प्रशान्त पाण्डेले अवार्डमा छनौट भएको पत्र पठाउँदै बधाई दिएका थिए। पोखरामा बसेर अध्ययनरत प्रेन्सा सानै उमेरबाट सामाजिक कार्यमा सक्रिय रहेकी छिन् । उनले अहिलेसम्म थुप्रै सामाजिक अभियान चलाई सकेकी छन्।

कोरोना महामारीमा मास्क अभियान,फुड बैंक,बुक बैंक,सरसफाइ अभियान,१६ बर्ष मुनिका बालबालिकालाई मद्यपान,धूम्रपान सेवन नगर्न र बिक्री बितरण नगर्ने अभियान लगायत अभियानबाट चर्चामा आएकी हुन्। उनले पछिल्लो समय दिएका अन्तरबार्ताको समेत निकै चर्चा हुने गरेको छ।

बालिका माथी हुने हिंसा,बलात्कारका घटना न्यूनीकरणका लागी कडा कानुन बनाउनु पर्ने लगायतका मागहरु समेत राखेर उनले गृहमन्त्री बालकृष्ण खाँड लगायत विभिन्न निकायमा समेत ज्ञापनपत्र समेत बुझाएकी थिइन्।

२०२२ को फेब्रुअरीको अन्तिम साता दुबईमा अवार्ड समारोह आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय अवार्डमा छनोट हुँदा देशलाई चिनाउने मौका मिलेको र आफूलाई गर्व लागेको प्रेन्साले बताएकी छिन्।




मतहरू

Marten James

She is really a proud daughter, in an age when children play games we appreciate her social activities. Moreover, Click Here we are the best Exterior Painting Services company providing the best painter to fulfill your dreams.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?