Friday January 21, 2022

आहा रारा गोल्डकप सफल बनाउन ५०१ सदस्यिय मुल आयोजक कमिटी गठन

५ पुष, २०७८ शीतलपाटीन्युज डटकम 1090


आहा रारा गोल्डकप सफल बनाउन ५०१ सदस्यिय मुल आयोजक कमिटी गठन

शितलपाटी न्यूज डटकम । पोखरा रंगशालामा सञ्चालन हुने २० औं संस्करणको आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिता भब्यरूपमा सञ्चालन गर्न ५ सय १ मुल आयोजक कमिटी गठन गरिएको छ ।

सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा ५ सय १ सदस्य मुल आयोजक कमिटी गठन गरिएको क्लवले जनाएको हो । यहि माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको संयोजकमा क्लबका बरिष्ठ उपाध्यक्ष केशबराज बराल चयन भएका छन् । मुलयोजक कमिटिको सदस्य सचिबमा क्लबका महासचिव रामजी प्रसाद अधिकारी चयन भएको सहारा क्लवले जनाएको छ ।

मुल आयोजक कमिटीमा पोखराका सम्पुर्ण खेलकुद संग सम्बन्धित सघ सस्था एवम व्यक्तिहरु रहने गरि ५ सय १ सदस्य सल्लाहकार समिती समेत गठन गरिएको क्लवले जनाएको छ । सहारा क्लबले विगतका बर्ष देखि सञ्चालन गर्दै आएको सहारा एकेडेमीमा हाल १४ जिल्लाका विपन्न तथा कठिन परिस्थितीका २४ जना बालकहरु रहेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?