Friday January 21, 2022

एभिसी भलिवल च्याम्पियनसिप : नेपालद्वारा आयोजक बंगालादेश पराजित

१० पुष, २०७८ शीतलपाटीन्युज डटकम 1160


एभिसी भलिवल च्याम्पियनसिप : नेपालद्वारा आयोजक बंगालादेश पराजित

शितलपाटी न्यूज डटकम । बंगालादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिवल प्रतियोगितामा शनिवार नेपाली महिला राष्ट्रिय टोलीले आयोजक बंगालादेशलाई पराजित गरेको छ ।

साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले बंगालादेश विरुद्धको खेलमा ३–० को सोझो सेटमा जित निकालेको हो । पहिलो सेट २५–५ ले जितेको नेपालले दोश्रो सेट २५–१५ र तेश्रो सेट २५–१७ ले जित निकालेको हो ।

नेपाली राष्ट्रिय महिला भलिवल टोलीले आफ्ना तिन खेलमा लगातार जित निकाल्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको नेपाल भलिवल संघका कार्यबाहक अध्यक्ष याम गुरुङले पोखरा स्पोर्टसलाई बताए । अध्यक्ष गुरुङले नेपालले आफ्नो साविक पदर्शन उत्कृष्ट रुपमा जारी राखेको भन्दै टिमलाई बधाई समेत दिएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?